FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • इलाममा उत्पादित किवी फललाई बजारको खाँचो

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    इलाममा उत्पादित किवी फललाई बजारको खाँचो

    इलाममा उत्पादन भएको किबीको बजार खोज्न धरानमा ‘इलाम किवी फल एक्स्पो २०७६ हुने भएको छ । इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इलामले किवी एक्स्पो गर्न लागेको हो । एक्स्पोको सहआयोजकका रुपमा धरान उपमहानगरपालिका रहेको छ । उपमहानगरपालिकाले स्थानिय स्तरमा समन्वय गर्ने वताइएको छ । उक्त फलको बजार प्रर्वद्धनका लागि धरानमा आगामी पुस ३ र ४ गते किबी एक्स्पो हुन लागेको बाणिज्य संघ इलामका महासचिव हेमन्त गौतमले जानकारी दिनुभएको छ । महासचिव गौतमका अनुसार २ दिने किवी फल एक्स्पोले यसको वजारीकरणमा सहजता हुने भएको छ । महंगो फलका रुपमा रहेको किबीबाट जुस, जाम, अचार लगायतका परिकार बनाउन सकिने व्यवसायीहरुको भनाई छ । जिल्लामा यसको ब्यवसायिक उत्पादन हुदै आएको छ । तर पनि यससँग सम्वन्धित उद्योग सञ्चालन हुन नसकेपछि बाहिरी जिल्लामा बजारीकरण तथा प्रवद्र्धन गर्ने उदेश्यले एक्स्पो गर्न लागिएको वाणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालुले जानकारी दिनुभएको छ । १० वटा स्टल रहने गरी गर्न लागिएको एक्स्पोबाट जिल्लामा उत्पादित किबी बिक्रि वितरणका साथै यसका फाइदाका बारेमा समेत जानकारी गराइने छ । धेरै फलफूलबाट पाउन सकिने भिटामिन एउटै फलबाट पाइने भएकाले पनि उक्त फल सेवन फलदायी रहने बताइएको छ । एक्स्पो पछाडी यसको महत्व बुझेर भएपनि आगामी वर्षबाट किसानका घरघरमा नै आएर किबी खरिद गर्ने गरिको वातावरण मिल्ने वाणिज्य संघको भनाई छ । किबी एक्स्पोमा जिल्लामा उत्पादित ग्रिन टि, घिउ, ललीपप, अकबरे, खुर्सानी, बम्बैसन लगायतका वस्तुहरू समेत राखिने भएको छ । यता सरकारले जिल्लाको सन्दकपुर गाउँपालिकामा मुख्य कार्यालय रहने गरि किबी जोन परियोजना समेत सञ्चालन गरिरहेको छ । बिगत दुई वर्ष अगाडी उद्योग वाणिज्य संघले किबी खेती प्रवद्र्धन र उत्पादन गर्न गाउँका किसानहरूलाई सहयोग गरेको थियो । हाल आएर बजारीकरणमा समेत सहयोग गर्न किबी एक्स्पो गर्न लागेको जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित