FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • औद्योगिक ग्राम सञ्चालनमा कार्यविधिको अभाव

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    Post Thumbnail

    सरकारले घोषणा गरेको करिब ३५ वर्षपछि धनकुटामा औद्योगिक ग्रामको भौतिक संरचना निर्माण भएको छ । तर कार्यविधि तयार नहुँदा सञ्चालनमा आउन सकेको छैन ।
    धनकुटा नगरपालिका–६ स्थित आत्माराममा करिब ६५ रोपनी क्षेत्रफलको जग्गामा ५ करोड रुपैयाँ खर्चेर विभिन्न भौतिक संरचना निर्माण गरिसकेको छ । यता कार्य्विधि अभावकै कारण ग्राम सञ्चालनमा आउन नसकेको घरेलु तथा साना उद्योग विकास कार्यालय धनकुटाका लेखा अधिकृत गीताचरी आचार्यले जानकारी दिनुभएको छ । गत जेठ १९ गते एक कार्यक्रमका बीच संघीय सरकारका तत्कालीन उद्योगमन्त्री मातृका यादवले प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई औपचारिक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको थियो । औद्योगिक ग्राममा साना तथा लघु उद्यमीलाई मद्दत पुर्याउने उद्देश्यले विभिन्न भौतिक संरचना निर्माण गरिएका छन । तर औद्योगिक ग्रामको स्थापना गरिएको भएपनि निर्माण सम्पन्न भएपछि अझै आवश्यक कार्य्विधि नबनाइएका कारण सम्बन्धित उद्योगी सेवाबाट विमुख भएका छन् । प्रदेशको सम्बन्धित मन्त्रालय र घरेलु कार्यालयबीचमा आवश्यक समन्वय हुन नसक्दा अझै पनि सञ्चालनमा आउन नसकेको बताइएको छ । सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक कार्य्विधि बनाइ सञ्चालन गर्ने भनिए पनि प्रदेश सरकारबाट निर्णय नहुँदा सञ्चालन नभएको सरोकारवालाहरुको भनाई छ । यस्तै ग्राम सञ्चालनका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिएको भएपनि कार्य्विधि नबनेको र औद्योगिक ग्राम सञ्चालनमा आउन नसकेको हुँदा विनियोजित रकमसमेत खर्च हुन सकेको छैन । विशेष गरेर औद्योगिक ग्रामको सुरक्षाका लागि सुरक्षाकर्मी राख्नुपर्ने देखिएको छ । भवनलगायत अन्य भौतिक संरचनाको सुरक्षाका लागि सुरक्षाकर्मी नहुँदा भौतिक संरचना असुरक्षित बन्दै गएका छन् । कार्य्विधि अभावकै कारण सुरक्षाकर्मी राख्न पनि नसकिएको समितिको कार्यालयले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित