- Loading...
काठ्माण्डौको माइतीघरमा सर्लाहीका किसानहरु धर्नामा
- कृषि टि.भी.
- ३ साल अघि
- २६ पटक पढिएको

सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन । चिनि उद्योगीहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन । २०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम रायले बताउनुभएको छ । यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उनीहरुको आरोप छ ।२०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भूक्तानी बाँकी रहेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन । अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको किसान हरिश्याम रायले बताउनुभयो ।काठमाडौं आएपछि पुस महिनाको चिसोमा खाने र बस्ने ठेगान समेत नपाएका उखु किसानहरु केही दिन यता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन् । भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न समेत नदिने किसानहरुले चेतावनी दिएका छन । किसानहरुले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन । यता मिल सञ्चालकहरुले अहिले आफुखुसी ५ सय रुपैयाँ दिँदै आएकोमा सरकारले निर्धारण गरेको ५ सय ३६ दशमलव ५६ पैसा प्रतिक्विन्टल कायम गर्नुपर्ने किसानहरुको माग छ ।।


