FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खाद्य गोदाममै कुहियो चामल

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    खाद्य गोदाममै कुहियो चामल

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चार सय ५० क्विन्टलभन्दा बढी चामल कुहिएको अवस्थामा भेटिएको छ । आइतबार खाद्यको थापाथलीस्थित धान गोदाममा अनुगमन गर्दा कुहिएको र किरा परेको चामल तथा लेबलिङ नभएको केही बोरा दाल फेला परेको छ । यसअघि नै उपभोग गर्न नमिल्ने चामल रहेको खबर बाहिरिएपछि संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता अधिकारकर्मीसहितको टोलीले अनुगमन गरेको थियो । केही वर्ष अघिदेखिको बासमती र टाइचिन चामल प्रयोग गर्न नमिल्ने अवस्थामा पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन अधिकृत दिपक पोख्रेलले जानकारी दिनुभयो । कतिपय चामलको बोरामा उत्पादन मिति लेखिए पनि कहिलेसम्म प्रयोग गर्न मिल्ने भनेर खुलाइएको छैन । अधिकृत पोख्रेलका अनुसार खाद्यलाई पटकपटक लेबलिङ गर्न आग्रह गरेपनि नटेरेको बताइएको छ । अहिले चामलको नमुना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्न पठाइएको छ । यता स्पष्ट खुल्ने गरी लेबलिङ गर्न खाद्यलाई निर्देशन दिएको अनुगमन स्रोतले जनाएको छ । अनुगमनमा भेटिएको जुम्लाको दालमा आर्थिक वर्ष ०७१÷०७२ उल्लेख गरिएको भए पनि अरू विवरण खुलाइएको छैन । अनुगमन समितिले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ अनुसार लेबल नभएको उपभोग्य वस्तु बिक्री गर्न नपाइने भएकाले कारवाही प्रक्रिया अघि बढाइने अधिकृत पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै विभागले बजारमा मासु र अण्डाको कार्टेलिङ र कृत्रिम अभाव सिर्जना गर्न खोजेको गुनासोका आधारका नेपाल ह्याचरी, दाना र अण्डा उद्योगका व्यवसायीसँग छलफल गरी ऐन अनुसार काम गर्न सचेत गराएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित