FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लुम्बिनी फलफूल तथा थोक व्यवसायी संघको साधारण सभा बुटवलमा सम्पन्न

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    लुम्बिनी फलफूल तथा थोक व्यवसायी संघको साधारण सभा बुटवलमा सम्पन्न

    लुम्बिनी फलफुल तथा थोक व्यवसायी संघको १३ औ साधारण सभा तथा अधिवेसन बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटनगर्दै प्रदेश ५ का उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरीले व्यवसवायीहरुको व्यवसायीक भविश्य सुनिश्चितताको लागि प्रदेश ५ सरकार सधैभ तयार रहेको बताउनु भएको छ । उहाँले प्रदेश ५ सरकार जहिले पनि व्यवसायीहरुको हितमा रहेको भन्दै जे जस्तो सहयोग गर्न पनि आफुहरु तयार रहेको मन्त्री गिरीले जानकारी दिनु भयो । जमिनलाई चाक्ला बन्दी गरेर कृषीमा लाग्नु जरूरी रहेको बताउदै कृषि उपज केन्द्र सानो भएको कारण यसको उचित व्यवस्थापन गर्नु आवश्यक रहेको मन्त्रि गिरीले जिकीर गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेज बहादुर सुवेदीले व्यवसायीहरुको व्यवसायीक शुनिश्चिताका लागि सरकार लागि परेको भन्दै व्यवसायको दिगोपनाका लागि किसान व्यवसायीहरुको विचमा कुनै पनि खाडल बाँकी हुन नहुने बताउनु भयो । उहाँले स्वदेशमा नै उत्पादनहुने बस्तुको विक्री विरणमा विशेष जोड दिनुपर्ने भन्दै उत्पादन देखि लिएर विक्रि वितरण सम्मको लागि किसान, व्यवसायी र उपभोक्ताको विचमा व्यववसायीक सम्बन्ध कायम हुनुपर्ने धारणा राख्नु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित