FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बिषादी प्रयोग मुक्त सप्ताह कार्यक्रम सोमबारबाट सुरु

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    बिषादी प्रयोग मुक्त सप्ताह कार्यक्रम सोमबारबाट सुरु

    प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापन केन्द्र र कृषि ज्ञान केन्द्र चितवनको सहकार्यमा बिषादी प्रयोग मुक्त सप्ताह कार्यक्रम सोमबारबाट सुरु भएको छ । कार्यक्रम अन्तर्गत आज चितवन स्थित कृषि ज्ञान केन्द्रमा पत्रकार भेटघाट कार्यक्रम गरीएको छ ।,त्यस्तै प्रभातफेरी कार्यक्रम लगाएत १ साता सम्म विबिध जनचेतनामुलक कार्यक्रमको आयोजना गरीएको आयोजकले पत्रकार सम्मेलन गरी जानकरी गराएको छ । सोमबार राजधानी काठमाडौमा पत्रकार सम्मेलन गर्दै विभिन्न समुदायमा बिषादीको नकारात्मक असरको बारेमा जनचेतना अभिबृद्धि गर्दै विषादीको प्रयोग न्युनीकरण गर्नका लागी सप्ताह व्यापी कार्यक्रम आयोजना गरीएको आयोजकले जनाएको छ । नेपाल सरकारले यो अभियानलाई बर्षेनी मनाउदै आएको छ । नेपालमा अन्य देशको तुलानामा ईकाई जमीनमा बिषादीको प्रयोग निकै कम रहेपनी करिब ८५ प्रतिशत भन्दा बढि बिषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरको पाईएको छ । गत बर्षको तथ्याङ्क हेर्दा नेपालमा ६६३२ दशमलब ४१ टन खास बिष बिषादी आयात भएको देखीन्छ । जसमध्ये किटानशक २१६ टन,रोगनाशक २६७ टन्,झारनासक १४२ टन्,र अन्य ५ टन रहेको प्लान्ट क्वारेन्टार्यन तथा बिषादी व्यवस्थापन केन्द्रंको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित