FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कागती खेती बाट मनग्य आम्दानी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    कागती खेती बाट मनग्य आम्दानी

    मोरंग जिल्लाको बुढीगंगा गाउँपालिका ६ का ढालुराम माझी २०६४ सालमा दुई वटा कागतीको बोट रोपनु भएको थियो । त्यहि दुई वटा बोट नै वहांले गरेको लगानी थियो जुन लागानीबाट वहाँ एक सफल र मेहनती किसानको रुपमा आफुलाई परिभाषित गराउनु भएको छः । वहाँको आफ्नो खोल्सा खोल्सी गरि साढे २ बिघा जग्गा थियो । पहिले सानो बारीबाट सुरुवात गरेका वहांले २०७२ सालमा ५ बिघामा जग्गा १ करोडमा खरिद गरेपछी ५ बिघा जग्गामा कागती खेति गर्न सफल हुनुभएको छ । वहाँको कागती खेति हेर्न नेपालका बिभिन्न जिल्लाबाट भ्रमण गर्न आउछन । सो कागती खेति टिकली गाछी कृषि फर्म भनेर दर्ता छन भने टिकली थानको नामले राखेको वहाँको भनाई छ । अहिले सोहि ठाउँ टिकली टोलको नामले समेत चिनिन्छ । २०७४ सालमा आफ्नो श्रीमती करकी देवी माझीको स्मृतिमा करकी देवी अचार उधोग पनि स्थापना गर्नु भएको छ । घरेलु प्रविधिबाट तयार गरेको उक्त अचार बिराटनगर, काठमाडौं, पोखरा लगायत पहाडी जिल्ला सम्म पुग्ने गरेको छ । वहाँको एक छोरा र ४ छोरी छन् । छोरीहरुलाई बिहे गराई सक्नु भएको छ । वहाँले छोरालाई बीएस्सी अग्रिकलचर पढाउनु भयो। सुनसरी जिल्लाको गढी गाउँपालिका भमरीमा साढे २ बिघा जग्गा भाडामा लिएर गढी माइ कृषि फर्म दर्ता गरि मेवा खेती पनि गर्नु भएको छ । आफै नर्सरी गर्नुहुन्छ, कागतीको कलमी गरेर कागतीको बिरुवा, दाना समेत उत्पादन गरि बिक्रि गर्नु हुन्छ । कागती खेति गर्दा रासायनिक मल प्रयोग नगरी उहाँले प्रागारीक मल नै प्रयोग गर्नु हुन्छ । विदेशबाट अर्बौ कागती देश भित्रिन्छ वहाँ वहाँ अगाडी भन्नु हुन्छ । आफु अध्यात्मिक चिन्तन भएकोले ५० वर्षको उमेरदेखि केहि गर्नु पर्छ भनेर यो कागती खेतिको थालनी गर्नु भयो । अहिले वहाँ ६२ वर्षको पुग्नु भयो भने यो कागती खेति गर्नुभएको लागेर १२ वर्ष भयो । ब्यबसायआफ्नो ब्यबसायबाट उहाँले बार्षिक ४० लाख सम्मको आम्दानि गर्नु हुन्छ । यस बर्ष स्थानीय निकाय गाउँपालिकाबाट कटर र सिकेचर मेमेसिन पनि अनुदान पाउनु भयो । जिल्ला कृषि बिकास कार्यालय हुँदा मोटर बोरिंग र बगैचा सफा गर्ने सामग्री अनुदान दिएको थियो । साथै यो वर्ष वहाँलाई प्रदेश १ का कृषि मन्त्रालयले १ लाख ५० हजार नगद अनुदान दिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित