- Loading...
रूपन्देहीमा वृहतस्तरको मत्स्य, कृषि तथा माघी महोत्सव हुदै
- कृषि टि.भी.
- ३ साल अघि
- १६ पटक पढिएको

माछाको व्यावसायिक प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले रूपन्देहीमा पहिलोपटक वृहतस्तरको मत्स्य, कृषि तथा माघी महोत्सव हुने भएको छ । रुपन्देही माछाका लागि उर्वर ठाउँ रहेको, उक्त स्थानका चारवटा गाउँपालिकामा माछा सुपरजोन कार्यक्रम लागू भएकाले यसको बजार बिस्तार गर्न र कृषि क्षेत्रकै विकासमा योगदान पु¥याउन महोत्सव आयोजना गर्न लागीएको हो । नेपाल मत्स्य व्यवसायी संघ रुपन्देही, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देही, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैंडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा अमुवामा पुस २६ देखि माघ १ गतेसम्म महोत्सव हुन लागेको हो । मत्स्य महोत्सव रुपन्देहीमा मात्र नभई राष्ट्रियस्तरमै पहिलोपटक हुन लागेको नेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताउनु भएको छ । महोत्सवमा मत्स्य तथा कृषिका कम्तीमा पनि ३६ वटा स्टल रहने भुसालले भनाई छ । माछाले उचित बजार पाउन नसकेको अवस्थामा महोत्सवमार्फत माछाको बजार बिस्तारका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराउन गाउंमै महोत्सव आयोजना गरिएको भुषालले बताउनु भयो ।


