- Loading...
स्याँङ्जाको सफल युवा कुषक
- कृषि टि.भी.
- ३ साल अघि
- ३० पटक पढिएको

वैदेशिक रोजगारीमा युवा पलायन हुने क्रम बढिरहँदा स्याँङ्जाको गल्याङ नगरपालीका वडा नमबर ३ बल्पुकका एक जना युवा गाउँमै स्वरोजगार बन्नुभएको छ । बस्याल पोल्ट्री फार्म संचालन गरी स्थानीय भरतराज बस्यालले टर्की र लोकल कुखुरापालन गरी मनग्गे आम्दानी गर्न थाल्नुभएको छ । बैङकको राम्रो जागिर समेत छोडेर टर्की र लोकल कुखुरा पालनमा व्यस्त रहनुभएका बस्याल गरे के हँुदैन र कामले सानो ठुलो हुँदैन भन्ने कुरा सबैलाई सुझाउनुहुन्छ । करीब २२ लाख लगानीमा सुरु गरीएको यो फार्ममा अहिले टर्कि ६ सय र लोकल कुखुरा १८ सय पालीएको छ । मासिक रुपमा राम्रै आम्दानी गरिरहनुभएका बस्यालले गरिमा विकास बैङकको जागिर समेत छाडेर यो व्यावसाय सुरु गर्नुभएको हो ।८ रोपनी क्षेत्रफलमा हाल यो फार्म सन्चालमा छ । स्वदेशमै अवसर छैन भनेर विदेशको रोजगारको अवसर खोजिरहनेको लागि कृषिमै उधम गरी उदाहरणीय बनिरहनुभएको छ बस्याल । उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीलाई समेत टर्कीको मासु उत्तम मानिन्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग बढिरहेको छ ।


