- Loading...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र १८ मा वाटरपार्क जग्गा एकीकरण परियोजन
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजनाभित्र रहेका जग्गाधनीले आइतबार अस्थायी लालपुर्जा पाएका छन । परियोजना लागु भएपछि त्यहाँस्थित जग्गा बिक्री, वितरणमा रोक लगाइएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख एवं नगर विकास समितिका अध्यक्ष डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र प्रमुख प्रशसकीय अधिकृत हरी प्याकुरेलले अस्थायी पुर्जा वितरणको शुभारम्भ गर्नुभएको हो । पहिलो चरणमा आइतबार १ सय ८७ जनालाई अस्थायी पुर्जा वितरण गरिएको नगर विकास समितिले जनाएको छ । कुल ७ सय ४५ जना जग्गाधनीमध्ये सबैलाई तत्काल अस्थायी पुर्जा दिएर स्थायी पुर्जाका लागि प्रक्रिया सुरु गरिने बताइएको छ । लालपुर्जा वितरण गर्दै नगर प्रमुख डा. राणाले वाटरपार्क परियोजनाको कामले गति लिएको दाबी गर्नुभयो । आगामी दिनमा पनि जग्गाधनीबाट थप सहयोगको आवश्यकता रहेको उहाको भनाई छ । नगर उपप्रमुख थापाले परियोजनालाई अन्तिम रुप दिने चरणमा पुगिएको जानकारी दिनुभएको छ । सोही अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको उहाले बताउनुभयो । उक्त परियोजना अन्तर्गत ६५ विघा क्षेत्रफल रहेको छ । जग्गाको न्यूनतम मूल्यांकन समेत भइसकेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जानकारी दिनुभयो ।।


