FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कैलाली तथा कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १६ पटक पढिएको
    कैलाली तथा कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै

    थोरै लगानी तथा कम समयमा प्रतिफल राम्रो हुने हुँदा किसानहरुको आकर्षण उक्त खेतीमा बढ्दै गएको हो । उनीहरु अन्य खेती तथा व्यवसाय छाडेर च्याउ खेतीमा लागेका छन् । च्याउ उत्पादक किसान संघका अनुसार सुदूरपश्चिम प्रदेशमा झण्डै दुई सय किसान व्यवसायीक खेतीतर्फ लागेका छन् । धनगढी उप–महानगरपालिका–१२, जुगेडा ‘बि’ गाउँका कमल घर्तिमगरले दुई करोड बढी लगानीमा सोही खेती गरिरहनुभएको छ । २० लाखको लगानीमा बि.स. २०७१ सालमा च्याउ खेती थालेका कमल घर्तिमगरको लगानी अहिले बढेर दुई करोड बढी पुगेको छ । नयाँ नयाँ प्रविधिसहित खेतीमा लाग्नुभएका घर्तिमगरले च्याउ उत्पादनसहित प्रशोधन समेत गर्दै आउँनुभएको छ । उक्त खेतीबाट उहाँले बार्षिक ५० लाखबढी कारोबार गर्दै आउँनुभएको छ । धनगढी उप–महानगरपालिका–७, देवकरीयाका चन्द्रकिरण रानाले च्याउ खेतीबाट घरखर्च चलाउँदै आएको बताउँनुभयो । अन्य खेतीभन्दा उक्त खेतीमा मुनाफा हुने भन्दै रानाले बिगत ६ बर्षदेखि च्याउ खेती गरिरहनुभएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित