- Loading...
धौबादी फलाम कम्पनी लिमिटेडको स्थापना भई उत्खननको चरणमा
- कृषि टि.भी.
- ३ साल अघि
- १९ पटक पढिएको

धौबादी फलाम कम्पनी लिमिटेडको स्थापना भई उत्खननको चरणमा पुगेको बताइएको छ । उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयले आइतबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कम्पनी स्थापना भएको जानकारी दिइएको हो । करिब ३० वर्षसम्म उक्त खानीबाट प्रतिदिन आठसय टन फलाम उत्पादन हुने सम्भावना देखिएको बताइएको छ । त्यहास्थित रहेको फलामबारे चिनियाँ प्रयोगशालामा गुणस्तर मापन गरिसकेको छ । औधोगिक र व्यवसायिक परीक्षण कार्य अन्तिम चरणमा पुगेको पनि बताइएको छ । त्यसैगरी नेपालमा पेट्रोलियम अन्वेषण कार्यको लागि चीनसँग भएको सम्झौता अनुसार दैलेखमा पेट्रोलियम अन्वेषण कार्य भइरहेको बताइएको छ । उक्त स्थानमा भौगोलिक र भूगर्भिक सर्भे सम्पन्न भएपछि पेट्रोलियम ड्रिलिङ गर्ने स्थान निर्धारण हुने बताइएको छ । उक्त परियोजनाका लागि दैलेख र सुर्खेत क्षेत्रमा भौगर्भिक र भू–रसायनिक सर्भे सम्पन्न भइसकेको छ । तानसेनमा भौगर्भिक र भू–रसायनिक सर्भे आगामी मार्चमा सम्पन्न गर्ने बताइएको छ । सातै प्रदेशको खानी तथा खनिज पदार्थको विवरण सहितको नक्सा समेत तयार भएको छ । २०७२ सालको भूकम्प अघि २१ वटा सेस्मिक स्टेशन तथा २९ वटा जि.पि.एस. स्टेशनहरूबाट भूकम्पीय निगरानी भइरहेकोमा भूकम्पमापन गर्ने सञ्जाल विस्तार भई ४२ वटा साइस्मिक स्टेशन तथा ५१ वटा जि.पि.एस. स्टेशनहरू सञ्चालनमा रहेका छन् । यसबाट भूकम्पीय सूचनाहरूको गुणस्तर अभिवृद्धि भई भूकम्पको स्थान समय र गहिराइको सूचना प्रभावकारी रुपमा सूचित गर्न सक्षम भएको छ ।।


