FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले किसानहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने योजना

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३४ पटक पढिएको
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले किसानहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने योजना

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले किसानहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने योजना अघि सारेको छ । गत मंगलबार भएको पत्रकार सम्मेलनमा कृषक मजदुरलाई श्रमिकको दायरामा ल्याउने योजना मन्त्रालयले अघि सारेको जानकारी दिइएको हो । श्रम मन्त्री रामेश्वर राय यादवले किसानहरुलाई पेन्सनको सुनिश्चिता गर्न र विमाको दायरामा ल्याउन श्रमिकको दायरामा ल्याउने योजना अघि सारिएको बताउनुभयो । कृषि मजदुरलाई अन्य श्रमिक सरहको सुविधाको व्यवस्था गर्नका लागि विशेषज्ञहरुको प्राविधिक अध्ययन टोली बनाइएको र टोलीको प्रतिवेदन अनुसार कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । मन्त्री यादवले मध्यपूर्वमा रहेका नेपालीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयको अगुवाइमा गृह मन्त्रालय र श्रम मन्त्रालयको समुन्वयमा ‘रेस्क्यु’ कार्यक्रम अघि सारिएको बताउनुभयो । मध्यपूर्व लगायतका देशमा रहेका नेपाली मजदुरहरुको अवस्थाका विषयमा हरेक अपडेट लिने काम भइरहेको र कसरी उद्धार गर्ने भन्ने विषयमा तीनवटै मन्त्रालयहरुले ‘रेस्क्यु’का लागि योजना बनाइरहेको छ । पूर्व श्रममन्त्रीहरुको अनुभव साटाँसाँट गर्ने र अहिलेको कार्ययोजनाका विषयमा छलफल गरेर अगाडी बढ्ने बताइएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित