FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खोटाङका १० स्थानीय तहमा विभिन्न प्रकारका कृषि कार्यक्रमका लागि क्षेत्र निर्धारण

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १४ पटक पढिएको
    खोटाङका १० स्थानीय तहमा विभिन्न प्रकारका कृषि कार्यक्रमका लागि क्षेत्र निर्धारण

    खोटाङका १० स्थानीय तहमा विभिन्न प्रकारका कृषि बालीको पकेट क्षेत्र तथा ब्लक विकास कार्यक्रमका लागि क्षेत्र निर्धारण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लास्थित दुई नगरपालिका र आठ गाउँपालिकामा अलैंची, सुन्तला, कफी र कागती, आलु लगायतका कृषि बालीका २३ पकेट क्षेत्र र आठ वटा ब्लक विस्तार गर्ने गरी क्षेत्र निर्धारण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ संयोजकत्वको अनुदानग्राही छनोट समितिको बुधबार बसेको बैठकले करिब दुई हजार रोपनी क्षेत्र ओगट्ने ब्लकको क्षेत्र निर्धारण गरेको हो । कृषि व्यवसायको प्रवद्र्धनका लागि नगदे बालीको ब्लकको विकास गर्नका लागि प्रदेश सरकारले प्रतिब्लक ३५ लाख रकम उपलव्ध गराएको कृषि ज्ञान केन्द्रका अधिकृत हरिनारायण राईले जानकारी दिनुभयो । यस्तै जिल्लाको हलेसी तुवाचुङमा लिची र कागती, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सुन्तला र तरकारी, ऐसेलुखर्कमा अलैंची र आलु, रावाबेंसीमा लिची र किबी, जन्तेढुंगा गाउँपालिकामा आलु र तरकारीको दुई–दुईवटा पकेट क्षेत्र बनाउन पनि क्षेत्र निर्धारण गरिएको छ । पकेट क्षेत्र विस्तारका लागि परियोजना अन्तर्गत प्रतिपकेट क्षेत्र आठ लाख बजेट प्राप्त भएको छ । यसै आर्थिक वर्ष मकै उत्पादकत्व प्रवद्र्धन, मध्यपहाडी प्रांगारिक कृषि प्रवद्र्धन अभियान, कागती खेती मिसन कार्यक्रम तथा व्यवसायीक फलफुल तथा बगैंचा स्थापना सहयोग कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै राजमार्ग लक्षित तरकारी उत्पादन, अलैंची निजी नर्सरी स्थापना, सार्वजनिक जग्गामा फलफुल खेती प्रवद्र्धन, बीउविजन आत्मनिर्भर कार्यक्रमसहित चैते धान विशेष सहयोग कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित