- Loading...
दोलखामा यसवर्ष करोडौ मुल्यका किबी उत्पादन
- कृषि टि.भी.
- ३ साल अघि
- १९ पटक पढिएको

किबी जोनका रूपमा परिचित हिमाली जिल्ला दोलखामा यसवर्ष करिब तीन सय मेट्रिकटन किबी फलेको छ । प्रतिकिलो एक सय रुपैयाँ मूल्य हुँदा पनि उत्पादन तीन करोड रुपैयाँको रहेको छ । किबी जोन परियोजना अन्तर्गतका भीमेश्वर तथा जिरी नगरपालिका, गौरीशङ्कर, बिगु, कालिञ्चोक र शैलुङ गाउँपालिकाका २२ वडाका दुई सय हेक्टर जमिनमा उक्त परिमाणमा किबी उत्पादन भएको हो । अघिल्लो वर्ष १ सय ८५ मेट्रिकटन उत्पादन भएकामा यसवर्ष झण्डै दोब्बरले उत्पादन बढेको हो । उत्पादित किबी स्थानीय बजारमा आधा र बाँकी काठमाडौँको बजारमा बिक्री गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दोलखा अन्तर्गत किबी जोनका वरिष्ठ कृषि अधिकृत मोहनप्रसाद खतिवडाले मोन्टी जातका ६० प्रतिशत, एलिसन जातका ३० प्रतिशत, हेवार्ड जातका ५ प्रतिशत र अन्य ५ प्रतिशत किबी उत्पादन भएको जानकारी दिनुभयो । विशेष गरी कात्र्तिक र मङ्सिरमा टिप्नुपर्ने किबी टिपेको दुई महिनाभित्र बिक्री गरिसक्नु र्दछ । त्यसैले पनि दोलखाका ठूलादेखि साना बजारमा अहिले किबी फल बिक्री र्भरहेको छ । तर बिग्रने डरले एकैपटक बजारमा किबी ल्याउनुपर्ने भएपछि मुल्य नपाएको भीमेश्वर नगरपालिका–६ का किसानहरुले गुनासो गरेका छन । तर लामो समय किबी बिक्री नभएर बिग्रेको अवस्था भने हालसम्म पाइएको छैन । स्थानीय किसानले एक सय ग्रामभन्दा माथिलाई ए ग्रेड, ७०–१०० ग्रामलाई बी ग्रेड र ७० ग्रामभन्दा मुनिकालाई सी ग्रेड निर्धारण गरी बिक्री गर्न थालेपछि उपभोक्ताले पनि मूल्यअनुसारको किबी छानीछानी लाने गरेको चरीकोट बजारका व्यापारीहरुले बताएका छन । अहिले किसानले बोटबाटै प्रतिकेजी १ सय ५० रुपैयाँमा किबी बेचिरहेका छन् भने दोलखाको स्थानीय बजारमा ग्रेड अनुसार प्रतिकेजी १ सय ८० देखि दुई सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।।


