FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दिगो विकास लक्ष्य प्राप्तिका लागि विकासका माध्यमहरु

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३७ पटक पढिएको
    दिगो विकास लक्ष्य प्राप्तिका लागि विकासका माध्यमहरु

    दिगो विकास लक्ष्य प्राप्तिका लागि विकासका माध्यमः मिश्रित अर्थ व्यवस्था र लैंगिकमैत्री लगानी’ विषयक कार्यशाला सोमबारबाट काठमाडौंमा सुरु भएको छ । समृद्धि फाउण्डेशन र मेनोनाइट आर्थिक विकास एसोसिएट्सको आयोजनामा कार्यशाला सुरु भएको हो । सम्मेलनको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा उहाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताउनुभयो । एसोसिएट्स अन्तर्गत विश्वव्यापी कार्यक्रमका वरिष्ठ निर्देशक काटिय टर्नरले मिश्रित अर्थ व्यवस्था र लैंगिकमैत्री लगानीका सफलताका प्रमाणहरुको चर्चा गर्दै महिलाद्घारा सञ्चालित साना उद्योगहरुको प्रवद्र्घनमा जोड दिनुभयो । समृद्धि फाउण्डेशनले विकासका अभ्यासकर्ता र वाणिज्य क्षेत्रका लगानीकर्ताको सहकार्यमा विकास र समृद्धिका लागि बाधकका रूपमा देखिएको लैङ्गिक असन्तुलनलाई न्यूनीकरण गर्दै अघि बढने प्रोत्साहन गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरेको हो । कार्यशाला मङ्गलबारसम्म चल्ने आयोजकले बताएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित