- Loading...
माघे संक्रान्तीको चहलपहल सँगै तरुलजन्य पदार्थको बिक्री बढ्दै
- कृषि टि.भी.
- ३ साल अघि
- १२ पटक पढिएको

माघे संक्रान्ती भित्रँदै गर्दा बजारमा तरुलको बिक्री पनि बढ्दै गएको छ । पुस महिनामा पर्ने ल्होसार र माघे संक्रान्तीमा तरुल लगायत कन्दमूल खाने परम्परा अनुरुप बजारमा यसको माग बढेको हो । तरुल, सक्खरखण्ड लगायतको कन्दमूलको व्यापार पुसको अन्तिम हप्ता वर्षभरीकै बढी रहने कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । अन्य समयको तुलनामा माघे संक्रान्तीको आसपास तरुल तथा सक्खरखण्डको बिक्री समेत बढि हुने गरेको समीतीको भनाई छ । कालीमाटीमा मात्रै यो वर्ष आइतबारसम्म एक हजार ५० टन तरुल भित्रिएको समितिको तथ्यांक छ यो तथ्याङ्क बढेर १२ सय सम्म पुग्न सक्ने समीतीले बताएको छ । कालीमाटीले उपत्यकाको ६० प्रतिशत बजार समेट्ने तथ्यांकको आधारमा यो समयमा उपत्यकामा दुई हजार टन तरुल तथा सक्खरखण्ड भित्रिने देखिन्छ । यो वर्ष पोहोर भन्दा दुई सय टनले बढी तरुल भित्रिएको थियो । यसरी कालीमाटी तरकारी बजारमा आउने अधिकांश तरुल नेपाली उत्पादन रहेको बजारमा तराई र काठमाडौं आसपासका जिल्लाबाट पर्याप्त तरुल आउने गरेको समीतीको भनाई छ । समीतीका अनुसार यो बर्ष सर्लाही जिल्लाबाट मात्र ५०० टन तरुल भित्रिएको छ ।।


