- Loading...
कास्की जिल्लामा १४ हजार ४ सय ५० मेट्रिक टन सुन्तला उत्पादन
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

कास्कीमा यसवर्ष १४ हजार ४ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा १ हजार ९ सय ९० हेक्टर क्षेत्रफलमा लगाइएको बगैँचाबाट उक्त परिमाणको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताउनुभयो । गतवर्ष कास्कीमा १ हजार ९ सय ८४ हेक्टरमा लगाइएको खेतीबाट १५ हजार १ सय ८० मेट्रिक टन उत्पादन भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार गत वर्षको तुलनामा करिब ४ हेक्टर बढी क्षेत्रफलमा फल दिने सुन्तलाका बोट भए पनि उत्पादनमा भने केही कमी भएको छ । आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा यसवर्ष ७ सय ३० मेट्रिक टन कम उत्पादन भएको केन्द्रले जनाएको छ । सुन्तलामा सिट्रस ग्रिनिङ रोग तथा फल टिप्ने समयमा भएको लगातार वर्षाका कारण उत्पादित फलको गुणस्तर र समग्र उत्पादनमा ह्राश आउनु अर्को समस्या भएको प्रमुख अधिकारीको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत उक्त क्षेत्रमा सुन्तला प्रवद्र्धन गर्न सरकारले २२ लाख रुपैयाँ विनियोजन गरेकोे प्रमुख अधिकारीले बताउनुभयो । सोही क्षेत्रमा सुन्तलाका विरुवा काँटछाट गर्न जरा र फेदमा बोडो मिश्रण गर्न उक्त रकम विनियोजन गरिएको बताइएको छ ।।


