FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बैकल्पिक व्यवसाय खोज्दै सर्लाहीका किसान

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    बैकल्पिक व्यवसाय खोज्दै सर्लाहीका किसान

    |sf7df8f}F !%,k''; pv'' e''QmfgL gkfPsf] eGb} d+unaf/ sf7df8f}Fsf] dfOtL3/df pv'' ls;fgn] lj/f]w sfo{qmdsf ;xefuLx? . t:jL/ M /f]zg ;fksf]6f,/f;;

    सर्लाहीको बसबरिया गाउँपालिकाको सढोडवाका कपिलदेव साहले उखुखेती छाडेर दुई वर्षदेखि व्यवसायिक रूपमा तरकारी खेती गर्दै आउनु भएको छ । उखु खेतीका कारण घर व्यवहार धान्नै मुस्किल परेपछि साहले उखु लगाउँदै आएको खेतमा अहिले काउली, खुर्सानी, धनियाँ, प्याज, लसुनलगायतका तरकारी र अन्य बाली लगाउनु भएको छ । किसान शाहले उखु उब्जाएर चिनी मिलमा बिक्री गरेको दुई वर्षसम्म पैसा नपाइएपछि उखु मासेर तरकारी र अन्य बाली लगाएको हो । चिनी उद्योगमा उखु बिक्री गरेपछि पैसा लिन ठूलो सङ्घर्ष गर्नु परेपछि आफू तरकारी खेतीमा लागेको साहले बताउनुभयो । साहजस्तै सर्लाहीका अन्य किसानले पनि उखु मासेर अन्य बाली लगाउन थालेका छन् । उखुको मूल्य कायम गराउन र चिनी उद्योगमा उखु बिक्री गरेपछि भुक्तानी लिन आन्दोलन नै गर्नुपर्ने बाध्यताले उखु खेतीतर्फ किसानको आकर्षण घटेको हो । अहिले सर्लाहीका अधिकांश किसान उक्त बाली छाडेर तरकारी खेतीतर्फ आकर्षित हुँदै आएका छन् । यतिबेला उखु मासेर तरकारी रोप्ने तयारीमा गाउँगाउँमा किसान जुटेका छन् । केही वर्षअघिसम्म बाक्लै मात्रामा उखु खेती हुने क्षेत्रमा अहिले मकै, गहुँलगायतका बाली र तरकारी खेती हुन थालेको छ । धनकौल गाउँपालिकाको महिनाथपुरका किसान रिकेश्वर महतोले घर व्यवहार धान्न उखु खेती छाड्नुको विकल्प नरहेको गुनासो गर्नुभयो । नेपाल उखु उत्पादक महासङ्घका अनुसार उक्त खेतीमा किसान बर्सेनी घट्दै गएको छ । सरकारले अनुदान रकम दिलाउन गरेको आलटाल र उद्योगीले भुक्तानीमा हुने समस्याले किसानले बैकल्पिक खेती रोजेको सरोकारवालाहरुको भनाई छ । चिनी उद्योगको सर्भे अनुसार यसवर्ष उत्पादनमा २० प्रतिशतले कमी आएकोे छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित