- Loading...
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषिमा लगानी,
- कृषि टि.भी.
- ३ साल अघि
- ३८ पटक पढिएको

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ड्रागन फ्रुटको खेती सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ड्रागन खेतीको सम्भाव्यतालाई ध्यानमा राखेर नगरपालिकाले २८ किसानलाई सोमबार एकदिने अभिमुखीकरण कार्यक्रम गरेको हो । नगरपालिकाभित्रका सुक्खाग्रस्त क्षेत्र घोषित ठाउँमा ड्रागन फ्रुटको खेती गर्न सकिने सम्भाव्यता अध्ययनका लागि किसानलाई तालिमको व्यवस्था गरिएको नगरपालिकाका उपमेयर बिमला राईले बताउनु भयो । ‘ड्रागन फ्रुट पानीको अभाव भएको सुक्खा ठाउँमा उत्पादन हुने फल भएकाले उक्त स्थानका ड्रागन फ्रुटका लागी उपयुक्त भएकाले अभिमुखीकरण कार्यक्रम गरीएको उपमेयर राईको भनाई छ । परिक्षणका रुपमा ड्रागन फ्रुटको खेती लगाउन लागेको र परीक्षण सफल भए आगामी दिनमा प्राथमिकताका साथ ड्रागन फ्रुटको खेती विस्तार गरिने गाउँपालिकाले जनाएको छ । अभिमुखीकरणमा सहभागी किसानलाई ड्रागन फ्रुटको परिचय, रोप्ने मौसम, रोप्ने, गोलमेल गर्ने तरिका, हेरचाह लगायत विधिबारे जानकारी दिइएको थियो । ड्रागन फ्रुटको खेती परीक्षणका लागि किसानलाई ६–६ बोट बिरुवा समेत वितरण गरिएको छ । तालिममा सहभागी किसानलाई कृषि अभियान्ता शुभचन्द्र राई र नेपाल कृषि सेवा विकास कार्यक्रमका स्थानीय कृषि संयोजक रोश्ना कार्कीले ड्रागन फ्रुटको खेतीबारे किसानलाई सहजीकरण गर्नु भएको थियो ।।


