FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा करोडौको अदुवा बिक्री

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा करोडौको अदुवा बिक्री

    रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६बाट चार सय टन अदुवा निर्यात भएको छ । जिल्लामा अदुवा उत्पादन वृद्धि भएपछि यसवर्ष उक्त गाउँपालिकाबाट मात्रै सोही परिमाणको अदुवा बिक्री भएको हो । स्थानीय किसान शिवराम पुनका अनुसार व्यापारीले घरमै आएर अदुवा खरिद गर्ने गरेका छन । यसवर्ष किसान पुनले मात्र ३७ क्विन्टल अदुवा उत्पादन गर्नुभएको छ । २७ क्विन्टल अदुवा बिक्रीबाट उहाले तीन लाख ७६ हजार रुपैयाँ आम्दानी गर्नु भएको छ । गतवर्षको तुलनामा यसवर्ष अदुवाबाट राम्रो आम्दानी भएको उहाले बताउनुभयो । यस्तै अर्का किसान गोपाल ओलीले १८ क्विन्टल अदुवा बिक्री गरेर एक लाख ३० हजार रुपैयाँ आम्दानी गर्नु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा दुई वर्ष काम गरेर फर्कन भएका ओली पछिल्लो समय व्यवसायिक अदुवा खेतीमा लाग्नुभएको हो । त्रिवेणी गाउँपालिकाका अधिकांश किसानले हरेक वर्ष अदुवा उत्पादनबाटै लाखौं कमाउन थालेका छन् । जिल्लाको अन्य ठाउँभन्दा उक्त गाउँपालिकामा अदुवा उत्पादन राम्रो हुने गरेको छ । प्रतिटन चार लाख ५० हजार रुपैयाँका दरले अदुवा बिक्री भइरहेको स्थानीय व्यापारी टेकबहादुर ओलीले जानकारी दिनभयो । अदुवाले राम्रो मूल्य पाएपछि स्थानीय किसान समेत खुसी भएका छन । प्रत्येक वर्ष स्थानीय किसानले अदुवा बिक्रीबाटै लाखौं कमाएर घरखर्च चलाउने गरेका छन ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित