FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कर्णाली प्रदेशको राजधानीमा नवनिर्मित बसपार्क तोडफोड

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    कर्णाली प्रदेशको राजधानीमा नवनिर्मित बसपार्क तोडफोड

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन मै नआएको नवनिर्मित बसपार्क तोडफोड भएको छ । गएरातीकरिब साढे १२ बजे तिर बसपार्क तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाका नगर नियमन कर्ता टंक प्रसाद आचार्यले घटनाको जानकारी आए संगै प्रहरीमा जाहेरी दिएको बताउनु भएको छ । उहाँका अनुसार तोडफोड बाट करिब तिनलाख बराबरको क्षती भएको छ । बसपार्क निमार्ण सम्पन्न भैसेपनि अझै सञ्चालनमा आउन सकेको छैन । बसपार्क पुनः निमार्ण अघि पुरानो बसपार्कमा केहि व्यवसायीहरुले आफ्नो व्यावसाय संचालन गर्दै आएका थिए । केही दिन अघि नगरपालिकाले पूर्व सहमतिको पालना नगरेको भन्दै सोहि स्थानमा व्यावसाय संचालन गरेका ५४ व्यवसायीले उच्च अदालत सुर्खेतमा बोलपत्र प्रक्रिया रद्द गर्न रिट दायर गरेपछि उच्च अदालतले वीरेन्द्रनगर नगरपालिकालाई बस पार्क व्यवस्थापन प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो । यो संगै नवनिर्मित बसपार्क सञ्चालनमा अन्यौलता छाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित