- Loading...
अन्तराष्ट्रिय माग धान्दै तनहुँको कफी
- कृषि टि.भी.
- ३ साल अघि
- १६ पटक पढिएको

तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरीया निर्यात भईरहेको छ । तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अनुसार जिल्लामा उत्पादित कफी उक्त मुलुकमा निर्यात भईरहेको हो । सोही जिल्लाको कफी निकै गुणस्तरयुक्त भएकाले विदेशमा बढि माग भएको तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अध्यक्ष शिव बोहोराले बताउनुभयो । विगत एक दशकदेखी उक्त क्षेत्रको कफी तेश्रो मुलुकमा निर्यात हुने गरेको अध्यक्ष बोहोराले जानकारी दिनुभयो । तनहुँको कफी उच्च गुणस्तरयुक्त रहेको विदेश निर्यात गर्ने निकायले जानकारी दिएको र ल्याव टेष्टबाट पनि प्रमाणित भएको अध्यक्ष बोहोराले दावी गर्नुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको समन्वयमा तनहुँमा उत्पादित कफी तेश्रो मुलुक निर्यात गरिदै आएको हो । जिल्लाभर रहेका १२ वटा कफी उत्पादक कृषी सहकारी संस्थामार्फत र व्यक्तिगत रुपमा उत्पादन भएका कफी जिल्ला कृषि सहकारी संघमार्फत राष्ट्रिय चीया तथा कफी विकास बोर्डको समन्वयमा निर्यात हुने गरेको बताइएको छ । ज्ल्लिाको भानु नगरपालिकामा सबैभन्दा बढि कफी उत्पादन हुने गरेको छ । उक्त नगरपालिकामा मात्र १० वटा कफी उत्पादन गर्ने सहकारी संस्थाहरु क्रियाशिल रहेको छ । त्यसबाहेक बन्दिपुर र देवघाट गाउँपालिकामा पनि कफी उत्पादन गर्ने सहकारी र किसान क्रियाशिल छन् । अन्य बाली भन्दा कफीमा आम्दानी धेरै हुने भएकोले आफुहरु सोही खेतीमा लागेको स्थानीयले बताएका छन । एउटा बोटबाट मात्र वार्षिक रुपमा कम्तीमा एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेको स्थानीयको भनाई छ । हेल्भेटासको सहयोगमा गाउँमै स्थापना गरिएका संकलन केन्द्रमा कफी संकलन गरि उक्त केन्द्रमार्फत नै भुक्तानी दिने व्यवस्था मिलाईएको छ ।।


