FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • देवघाट धाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    देवघाट धाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड

    |df3] ;ªqmflGt d]nfdf eQmhg bdf}nL, ! df3 M tgx'F, lrtjg / gjnk'/sf] ;ªud:yn b]j3f6df a'waf/ df3] ;ªqmflGt d]nf eg{ cfPsf eQmhg . df3];ªqmflGt d]nfdf b]j3f6df kfFr nfv eQmhg cfpg] cg'dfg ul/Psf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

    चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाट धाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड लागेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाट धाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वाससहित टाढा–टाढाबाट तीर्थालुको भीड लागेको हो । माघे सङ्क्रान्तिका दिनदेखि कुम्भ स्नानसमेत शुरु हुने कारणले देवघाटधाममा स्नानका लागि तीर्थालुको भीड लाग्ने गर्दछ । धर्मशास्त्र अनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि उक्त धाममा आउने विश्वाससहित भक्तजन माघे सङ्क्रान्तिमा स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिले जनाएको छ । चितवन र तनहुँ जोड्नका लागि देवघाटमा झोलुङ्गे पुल भएको भए पनि त्यहाँ अत्यधिक भीड हुने कारणले नदी तर्नका लागि ¥याफ्टिङ डुङ्गाको समेत व्यवस्था गरिएको छ । आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालयका गोताखोर प्रहरी तथा नेपाली सेनाको उद्धार टोलीसमेत देवघाटमा परिचालन गरिएको छ । धार्मिक ग्रन्थका अनुसार पवित्र स्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने जनविश्वास छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित