- Loading...
माघे सङ्क्रान्तिका अवसरमा गोरु जुधाइने क्षेत्रका रुपमा नुवाकोट
- कृषि टि.भी.
- ३ साल अघि
- ३५ पटक पढिएको

नुवाकोटमा माघे सङ्क्रान्तिका अवसरमा गोरु जुधाइने क्षेत्र फैलँदै गएको छ । ययवर्ष मात्र नुवाकोटका विभिन्न ६ ठाउँमा गरी ५० हल गोरु जुधाइएको छ । गाउँमा विभिन्न ठाउँमा छरिएको गोरु जुधाइ परम्परालाई तारुकाले २०६२ सालबाट एकै थलोमा जुधाउन थालेपछि नुवाकोटमा गोरु जुधाइको रौनक छाएको छ । तारुकाले गरेको परम्पराको संरक्षणको सिको गर्दै बुधबार माघे सङ्क्रान्तिका दिन नुवाकोटका ६ ठाउँमा गोरु जुधाइएको हो । तारकेश्वर गाउँपालिकाको तारुका, विदुर नगरपालिकाको बेत्रावती, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङ, लिखु गाउँपालिकाको कट्टिछाप, तादी गाउँपालिकाको सातविसे र शिवपुरी गाउँपालिकाको शेराबगरमा गोरु जुधाइएको थियो । तारुकामा २१, बेत्रावतीमा ११, घले भञ्ज्याङमा ८, सातबिसेमा ४, कट्टीछापमा २ र शेराबगरमा ४ हल गरी ५० हल गोरु जुधाइएका थिए । नेपालको राजनीतक खेल, दाउपेज र तिकडमलाई कतिपयले नुवाकोटको गोरु जुधाइसँग तुलना गर्ने गर्दछन् । बेत्रावतीको गोरु जुधाइ महोत्सवमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे पनि सहभागी हुनुभएको थियो ।।


