FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मगर समुदायले माघे सकराती टुँडिखेलमा मनाए

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    मगर समुदायले माघे सकराती टुँडिखेलमा मनाए

    मगर समुदायले नयाँ वर्षको रुपमा मनाउने ‘माघे सकराती’ टुँडिखेलमा मनाएका छन्। काठमाडौं उपत्यका क्षेत्रमा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा भेला भएर माघे सकराती मनाएका हुन् । त्यसअघि उनीहरुले आफ्नो मौलिक सांस्कृतिक सम्पदा झल्कने पहिरनका साथ काठमाडौंको भृकुटिमण्डपबाट सास्कृतिक र्याली निकालेका छन । सरकारले माघ १ गतेलाई मगरको राष्ट्रिय पर्व घोषणा गरेको थियो । माघे सकरातीको अवसरमा मगर समुदायले गर्मी शुरू हुने दिनको रुपमा तरुल खाने गरेका छन् । माघेमा तोरण तार्ने, चेलीबेटीलाई पुज्ने, तरुल खाने, बटुक खाने चलन समेत रहेको छ । माघे सकरातीलाई मगर समुदायले छोरी, चेलीबेटीहरूको पर्वका रुपमा लिने गर्दछ । यस्तै उक्त पर्वमा चेलिबेटिहरूको पुजा गरी मनाउने चलन रहेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित