
- Loading...
सामाजिक क्षेत्रमा भएका कामहरु आझेलमा परेको गुनासो
- कृषि टि.भी.
- ३ साल अघि
- १३ पटक पढिएको

=

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा भएका कामहरु आझेलमा परेको गुनासो गर्नुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको एक कायक्रमका बीच उहाले यस्तो गुनासो गर्नुभएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको प्रदेश सामाजिक बिकास मन्त्रालयसंग अन्तक्र्रिया कार्यक्रममा मन्त्री गुरुङले सामाजिक क्षेत्रको कामको कुनै दायरा नभएको भन्दै सामाजिक कार्यको बुझाइलाई नै परिवर्तन गर्नुपर्ने जिकिर गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको दायित्व लिएर हरेक प्रदेशलाई समृद्ध प्रदेश बनाउने अभियानमा सामाजिक कार्यलाई प्राथमिकतामा राख्नुपर्ने उहाले बताउनुभयो । मन्त्री गुरुङले सामाजिक क्षेत्रको कार्यलाई पनि राष्ट्रिय गौरवको आयोजना बनाउने गरि काम गर्न प्रदेश मन्त्रीहरुसंग आग्रह पनि गर्नुभयो । उहाले सामाजिक क्षेत्रको सुधारका लागि गेम चेन्जर योजनाहरु ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशका सामाजिक बिकास मन्त्रालयका प्रतिनिधिहरुले स्थानीय स्तरमा नै जनचेतना लगायत प्रभावकारी हुने गरि कार्ययोजना बनाउने प्रतिवद्धता जनाएका थिए ।।
.

