FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवन अभिन्न अङ्ग बनाउनुपर्ने बताउनुभयो

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १२५ पटक पढिएको
    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवन अभिन्न अङ्ग बनाउनुपर्ने बताउनुभयो

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवन अभिन्न अङ्ग बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय योग मूल समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताउनुभएको हो । राष्ट्रिय योग मूल समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै त्यसलाई कम गर्नका लागि योग, ध्यान र विपश्यना नै उपयुक्त माध्यम भएको बताउनुभयो । उहाँले निरोगी, शान्त र सौहार्दपूर्ण रूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै योगलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो । आधुनिक चिकित्साले उपचार नभएको बेला प्राकृतिक चिकित्साअन्तर्गत योग गरेर नै हाम्रा पुर्खाले उपचार गरेको उहाँको भनाइ थियो । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकार रोग लाग्न नदिने अभियानमा रहेको बताउनुभयो । यता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी शैक्षिक सत्रदेखि विद्यालय तहमा समेट्ने बताउनुभयो। कार्यक्रममा पतञ्जली योग समितिका अध्यक्ष सुर्दशन सुवेदीले मनलाई स्थिर राख्न र तनावबाट मुक्त हुनका लागि योग गर्नुपर्ने बताउनुभयो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित