FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सिजन अगावै सुपारी तस्करीमा तीव्रता

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १३ पटक पढिएको
    सिजन अगावै सुपारी तस्करीमा तीव्रता

    निकासी गर्न प्रतिबन्ध लगाइएको सुपारी मध्यरातमा भारततर्फ तस्करी हुने गरेको छ । सुपारीको सिजन सुरु हुनु अगावै तस्करले प्रदेश १ का किसानले लगाएको सुपारी बोटबाटै तस्करी गर्न थालेका छन । नेपाल–भारत खुला सिमानाको मौका छोपी तस्करले प्रदेश १ का सुनसरी, मोरङ र झापा जिल्लाबाट सुपारी भारतीय तस्करले बोटबाटै टिपेर रातारात भारततर्फ तस्करी गर्न थालेका हुन । भारतीय तस्कर तीन वटै जिल्लामा परिचालित भएको पाइएको छ । तस्करले दिनभरि किसानका बारीमा गएर मूल्य गर्ने र मध्यराति भारततर्फ तस्करी गर्ने गरेका छन । किसानबाट संकलन गरेको काँचो सुपारी राति भारततर्फ लैजाने गरेको सुपारी संकलनमा खटिएका भारत पूर्णियाका मोहम्मद जाविरले जानकारी दिनुभएको हो । यसअघि नेपाल सरकारले भारतलगायत तेस्रो मुलुकमा सुपारी निकासीमा प्रतिबन्ध लगाएको भएपनि तस्करले उक्त तीन जिल्लामा उत्पादित सुपारी संकलन गरी राति तस्करी गर्ने गरेका छन । सुपारी निकासी गर्न प्रतिबन्ध लगाएपछि तस्करले सिजन सुरु हुनु अगावै काँचो सुपारी संकलनमा तीव्रता दिएका छन । यतिबेला झापाको दमक, केरखा, बिर्तामोड, भद्रपुर, बेलडागी, काँकडभिट्टा, धुलाबारी, भद्रपुरलगायत स्थानमा संकलन गरिरहेको समाचार स्रोतले जनाएका छन् । मोरङको विराटनगर, झोराहाट, बेलबारी, उर्लाबारी, पथरी, रंगेलीलगायत स्थानबाट पनि तस्करले सुपारी संकलन गरिरहेका छन । भारतीय तस्करले काँचो सुपारी बोक्रैसँग जोखेर प्रतिकेजी १५ देखि २५ रुपैयाँमा खरिद गर्ने गरेका छन । यता भारतीय तस्करले संकलन गरेको सुपारी प्रदेश १ का काँकडभिट्टा, जोगवनी, भान्टाबारी, कप्तानगन्ज, साहेबगन्ज लगायतका खुला सीमानाकाबाट भारत लैजाने गरेका छन् । प्रदेश १ का प्रहरी प्रवक्ता शेखर कोइरालाले भने अवैध रूपमा हुने सुपारी तस्करी नियन्त्रण गर्न सबै नाकामा कडाई गरिएको बताउनुभएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित