- Loading...
सरकारले कृषि क्षेत्रलाइ बिभिन्न सहयोग, अनुदान दिन सुरु गरे सँगै कृषि क्षेत्रमा आकर्षण बढेको
- कृषि टि.भी.
- ३ साल अघि
- १९ पटक पढिएको

सरकारले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनको लागि बिभिन्न सहयोग, अनुदान दिन सुरु गरेपछि कृषि क्षेत्रमा आकर्षण बढेको छ । व्यवसायिक रुपमै कृषि क्षेत्रमा प्रबेश गर्नेहरुको संख्या बृद्धि हुँदै गएको छ । धनकुटामा कृषि क्षेत्रप्रति किसानको आकर्षण बढेको छ । । विभिन्न कृषिजन्य बस्तु उत्पादनमा युवाहरु सक्रिय हुन थालेका छन् । कृषि क्षेत्रको सम्भावना राम्रो बन्दै गए पश्चात युवाहरुसँगै समाजका केहि अगुवा व्यक्तिहरु पनि सोही क्षेत्रमा उत्साहपूर्वक लागि परेका छन् । धनकुटा नगरपालीकाका कृषक ईन्द्रबहादुर राईले सोही नगरपालिकाको वडा नम्बर ३ सिप्तीङमा बिभिन्न बिरुवाहरुको नर्सरी स्थापना गर्नु भएको छ । घाँसका बिरुवा उत्पादन गरेर कृषि पेसा अंगालेका राईले कृषि क्षेत्रलाई व्यवसायिक रुपमै अगाडी बढाउने उदेश्यले बिभिन्न बिरुवाहरुको नर्सरी स्थापना गरेको बताउनुभयो । नर्सरीमा हाल कागती, सुन्तला, अनार, मौसम, टिम्मुर, किबी, चियापत्ती, कफी लगायत एक दर्जन भन्दा वढि फलफुल, घाँसका जातका बिरुहरुको नर्सरी स्थापना गरेको उहाँले बताउनु भयो । अहिले किसान राईको नर्सरीमा बिक्री गर्न मिल्ने खालका बिरुवा तयार भएका छन् । कृषि क्षेत्रमा व्यवसायिक रुपमा लागे पनि नर्सरीमा उत्पादन भएका बिरुवाहरु बिक्री गर्न समस्या रहेको व्यवसायी राईले बताउनुभयो । तर जिल्लामा बिभिन्न स्थानिय तहले जिल्ला भन्दा बाहिरबाट बिरुवा ल्याएकाले उक्त नर्सरीको बिक्री गर्न समस्या रहेको किसान राईले बताउनुभयो । नर्सरीलाई धेरै संख्यामा उत्पादन गर्ने सोच रहेपनि बजारको समस्याका कारण अन्योलमा परेको उहाँको भनाई छ ।।


