- Loading...
कालीकोटका किसान तरकारी खेतीमा आकर्षित
- कृषि टि.भी.
- ३ साल अघि
- ३३ पटक पढिएको

कालीकोटको पलाँता गाउँपालिकाका किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा बिभिन्न संघ संस्थामा काम गर्ने कर्मचारीको प्रवेश भएपछि परम्परागत गहँ, जौ तथा धान खेतीलाई बिस्तापित गदै किसान तरकारी खेतीमा आकर्षित हुन थालेका हुन् । तरकारी उत्पादन गरी बजारीकरणमा सहज भएसँगै ६ महिनापछि पाक्ने खाद्य बाली छोडेको स्थानीय किसानले बताएका छन । यसअघि घरमा खानका लागि मात्र सानो बारीमा तरकारी खेती गरे पनि ब्यवसायिक रुपमा उक्त खेती नगरेको स्थानीयको भनाई छ । राज्य पुनसंरचनाले गर्दा गाउँमा स्थानीय सरकार सञ्चालन भएपछि कर्मचारीको प्रवेश बढेको छ । यता गाउ गाउमा सडक सञ्जाल पुगेसँगै मानिसहरुको चहलपल हुन थालेपछि तरकारीको माग वढ्दा तरकारी खेतीमा किसानहरु लाभिएका छन । यस्तै थिर्पुको धान उत्पादन हुने खेतमा हिउँदको समयमा गहुँवालीको बीचमा समेत तरकारी खेती गरिहेका छन् । स्थानीय पूर्ण्सिहं बमले वार्षिक ६० हजार भाडामा जग्गा लिएर तरकारी खेती गरिरहनुभएको छ । बैदेसिक रोजगारीमा ३ वर्ष कतारमा बिताए पनि खासै जीवनमा प्रगति नभएको उहाको भनाई छ । नेपालमा फर्केपछि जग्गा भाडामा लिएर तरकारी खेती गरिरहनु भएको किसान बलमे बताउनुभयो । यता गाउँपालिकाको कृषि बिकास शाखाले पनि तरकारी खेतीका लागि प्राबिधिक सहयोग गर्ने गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले वताउनुभयो । गाउँपालिका भित्रका नागरिकहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ बिभिन्न शाखावाट किसान लक्षित कार्यक्रम केन्द्रीत भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले यातायात सञ्चालनदेखि तरकारी खेतीका लागि बीऊ, औजार, तालिम दिने लगायत घर वनाउने ब्लक निर्माणजस्ता प्रत्यक्ष आम्दानी हुने काममा सहयोग गर्दै आएको


