FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रुपन्देहीका ४ वटा गाउँपालिकासहित मत्स्य सुपरजोन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    रुपन्देहीका ४ वटा गाउँपालिकासहित मत्स्य सुपरजोन

    रुपन्देहीका ४ वटा गाउँपालिकासहित मत्स्य सुपरजोन, मत्स्य उत्पादक किसान संघ रुपन्देहीको आयोजानमा जिल्लाको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ सुरु भएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय,पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय, शुद्ध मत्स्य नस्ल सुधार केन्द्र, सैनामैनान गरपालिका, देवदह नगरपालिका रुपन्देहीको सहयोगमा सुरु भएको महोत्सवको संघीय सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषालले शुभारम्म गर्नुभयो । मत्स्य महोत्सवको शुभारम्भ गर्दै कृषि मन्त्री भुषालले कृषिको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनुभएको छ । महोत्सवमा बोल्दै कृषि मन्त्री भुषालले संघीय सरकार, स्थानिय निकाय र प्रदेश सरकारको प्रथमिकतामा कृषि क्षेत्र परेको भन्दै सोही अनुसारको तिनै वटा सरकारबाट लगानी भएको बताउनुभएको हो । मन्त्री भुषालले जस्तो सुकै दस्साहसलाई मज्जाले सामना गर्न सफल भएको बताउनुभयो । उहाँले अहिले पनि विभिन्न समस्याहरु रहेको भन्दै कानुनमा धेरै कुरा परिर्वतन गरे पनि व्यवहारिक रुपमा भने खास ठोस काम गर्न बाँकी रहेको बताउनुभयो । उहाले राष्ट्र निर्माणको लागि गरेको अधिकार स्थापित गर्नको लागि सबैले विशेष भुमिका खेलेको बताउनुभयो । अन्य मुलुकको ईतिहास भन्दा पनि धेरै राम्रो काम गर्न सफल भएको बताउनुभयो । मन्त्री भुषालले संविधान मौलिक, हक अधिकारका विषयमा धेरै काम गर्न सफल भएको बताउभयो । उहाले खाद्य ऐन निर्माण गरिएको भन्दै हरेक नेपालीहरुलाई प्राप्त, गुणस्तरिय, खाद्यको अधिकार हुने छ भनेर संविधानमा उल्लेख गरिएको जानकारी दिनुभयो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित