- Loading...
बुलबुले उद्यान विस्तार कार्यलाई तीव्रता
- कृषि टि.भी.
- ३ साल अघि
- १५ पटक पढिएको

कर्णाली प्रदेशको प्रमुख पर्यटन स्थलको रुपमा रहेको बुलबुले उद्यान विस्तार कार्यलाई तीव्रता दिईएको छ । उक्त उद्यानलाई थप व्यवस्थित बनाउन निर्माण गरिने संरचना अन्तरगत अहिले ताल विस्तारको कामले तिब्रता पाएको हो । फराकिलो ताल, मनोरम उद्यान र सोही तालमा नियमित डुंगा सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्षण गर्नको लागी विस्तारलाई तिव्रता दिईएको हो । डुंगा सञ्चालनमा ल्याउने गरी ताललाई फराकिलो बनाइने र ताललाई ३ दशमलव ५ बिघा क्षेत्रफलमा विस्तार गर्न लागिएको छ । उक्त तालको पूर्वतर्फ खाली रहेको भूभागलाई कटान गर्न पनि सुरु गरिएको छ । बुलबुलेमा यसअघि पटक पटक डुंगा सञ्चालन गरिए पनि नियमित भने हुन सकिरहेको थिएन । तालको विस्तार पुरा भएपछि डुङ्गा नियमित संचालन गरि पर्यटकको आकर्षणको केन्द्र बनाउने वन तथा वातावरण निर्देशनालय सुर्खेतका निर्देशक शिवराम अधिकारीले बताउनुभयो । विस्तारित ताल बिगतको ताल भन्दा तिन गुण ठुलो हुने जनाएको छ । यस्तै वुलबुले ताललाई पर्यटनको प्रमुख गनतव्य बनाउन धेरै भौतिक संरचना थप गर्न लागिएको उहाँको भनाई छ । बुलबुलेको विस्तारको जिम्मा अमर मजदुर जेबिले लिएको छ । २०७६ असार १७ गते उक्त तालको विस्तार गर्ने सम्झौता भएसँगै आगामी ९ महिनाभित्र विस्तार कार्य सम्पन्न गरि सक्नुपर्ने उल्लेख छ । बुलबुले उद्यानमा ताल विस्तार गर्न १ करोड ८० लाख ४९ हजार २ सय ५ रुपैयाँ १५ पैसामा ठेक्का सम्झौता भएको हो । बुलबुले उद्यानको विस्तृत गरुयोजना निमार्ण गरि व्यवस्थीत गर्न लागिएको छ ।।


