FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्याङ्जा बेल्टारका युवाहरुको कृषिप्रतिको मोह बढ्दै

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    स्याङ्जा बेल्टारका युवाहरुको कृषिप्रतिको मोह बढ्दै

    स्याङ्जा बेल्टारका युवाहरुको कृषिप्रतिको मोह बढ्दो छ । उक्त स्थानका किसानहरु यतिबेला सहरका राम्रा घर विलासी मोह त्यागेर आफ्नै ठाउँमा केही गर्ने उद्येश्यले लागि परेका छन् ।। भनिन्छ, प्रत्येक मानिसको जीवनमा सफल हुने चाहना रहेको हुन्छ र यसका लागि मानिसले मेहनत पनि गरिरहेको हुन्छ । तर, कहिलेकाँही सही मार्गनिर्देशनको कमीले त्यो मेहनत बालुवामा पानी हालेसरी खेर जान्छ तर कालिगण्डकी गाँउपालिका ५ बलाम बेल्टारी स्याङजाका त्रिभुवन न्यौपाने लाई भने आफुले गरेको कृषि कर्ममा केही पनि खेर गएन् ।गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ न्यौपाने । भारतमै जन्मनु भएका न्यौपानेले भारतमै अध्ययन सकाएर २४ बर्षको उमेरमा २०६९ सालमा नेपालमै फर्किनुभयो । २०७० सालबाट बोयर लगायतका विभिन्न प्रजातीका बाख्रापालन व्यवसाय गर्दै आउनुभएका न्यौपानले दुवई कतारमा पाउने जति तलब सजिलै कमाउन सकिने र अरुको मुख ताक्न नपर्ने बताउनुहुन्छ । २५ लाख लगानीमा सन्चालनमा भएको यस फार्ममा अहिले साना ठूला गरि ८० बोयर बाख्रा तथा केही स्थानीय समेत बाख्रा रहेका छन् ।बोयरको बोका नगन्हाउने, बोसोको मात्रा कम हुने हुँदा बालकदेखि वृद्धसम्म जनसुकै उमेर समुहका मानिसका लागि पनि उपयुक्त हुन्छ । बोकाको तीव्र वृद्धिदर भएको कारण स्वास्थ्य र आम्दानीको तुलनामा महत्वपूर्ण ठहरिएको हुँदा बोयर जातको बाख्रापालनका लागि नेपाल सरकारले समेत सिफारिस गरेको छ । देख्दा राम्रो, सफासुग्घर तथा शान्त वातावरण रुचाउने यो जातको बाख्रा दुई वर्षको अवधिमा तीन पटक ब्याउने र एक पटकमा दुई वटा पाठापाठी पाउने गर्दछ । स्वदेशमै केही गर्न सकिन्छ भनी अनवरत लागिरहेका न्यौपानेको यो फार्म अन्यहरुको लागि पे्ररणाको श्रोत बनेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित