- Loading...
पर्यटकीय गन्तव्य स्थल बन्ने सम्भावना भएपनि बर्जुताल ओझेलमा
- कृषि टि.भी.
- ३ साल अघि
- १५ पटक पढिएको

सुनसरीको बर्जु गाउँपालिका–६चिमडीमा रहेको बर्जुतालको संरक्षणमा स्थानीयवासी जुटेसँगै तालको स्वरूप फेरिँदै गएको छ । सरकारी उदासीनताले विकास–निर्माणमा प्राथमिकता नपाउँदा पूर्वकै पर्यटकीय गन्तव्य स्थल बन्ने सम्भावना भएपनि बर्जुताल ओझेलमा परेको छ । तर, अहिले तालको संरक्षणमा स्थानीयवासी जुटेपछि तालको मुहारसमेत फेरिँदै गएको छ । सुनसरीको सदरमुकाम इनरुवादेखि झन्डै २५ किलोमिटर दक्षिण तथा मोरङको विराटनगरबाट २० किलोमिटर पश्चिममा पर्ने यो ताल धार्मिक तथा पौराणिक महत्वको रूपमा रहेको छ । बर्जु ताल प्रदेश नं. १ को सबैभन्दा ठूलो जलाशय भएको ताल हो । १ सय ५२ बिघा क्षेत्रफलमा फैलिएर रहेको बर्जु ताल ६२ बिघा क्षेत्रमा जलाशय रहेको छ । पछिल्लो समय बर्जु तालमा पिकनिक खानेदेखि घुम्न र विशेष गरी चराको अध्ययन–अनुसन्धानका गर्ने एक थलोसमेत बन्न पुगेको छ । गत वर्ष यस तालको पूर्वाधार विकासका लागि राष्ट्रपति तराई चुरे मधेस विकास समितिले ३ करोड ६३ लाख बजेटमा सेनालाई तालको पुनर्निर्माण गर्न ठेक्का दिइएको थियो । तालको पुनर्निर्माण गर्न जिम्मा लिएको प्रदेश नं. १ राष्ट्र विकास गण नेपाली सेनाले ९ महिनाभित्रमा ताल सफाइ गरी तालका चारैतर्फ बाँध निर्माणदेखि मुख्य तालको बीचमा शिवको मन्दिरसमेत निर्माण गरिदिएको छ । जसले गर्दा तालको शोभा झनै बढेको छ । गत वैशाखमा सेनाले समितिलाई नै ताल हस्तान्तरण गरेपछि अहिले बर्जु ताल सिमसार बिकास संरक्षणसमितिले यस तालको रेखदेख र हेरचाह गर्दै आएको छ । साविक ‘चिमडी’ गाविसमा पर्ने यस ताल हेर्न आउने र यहाँको दृश्यसँग रमाउने आन्तरिक तथा बाह्य पर्यटकको भिड सधैँ लाग्ने गरेको छ । अहिले यति बेला बर्जु महोत्सव चली रहेको छ । बर्जु समाजिक विकास केन्द्रले आयोजना गरेको बर्जु महोत्सव संगै तालको महतव बढेको छ । अर्को तर्फ विशेषगरी यस तालमा चरा अवलोकनसँगै चराको अध्ययन र अनुसन्धानका लागि पनि पर्यटकहरू आउने गरेका छन् । यस तालमा चिल्ड्रेन पार्क पर्यटकका लागि मुख्य आकर्षण बन्ने गरेको छ । यसैगरी तालमा नौका विहारका लागि १५ वटा साना बोट र एक वटा ठुलो बोट सञ्चालित रहेका छन् भने तालको चारैतिर बाटो, पिकनिक स्थल, ,शौचालय, तालको मध्यभागमा मन्दिर र चरा बस्ने आइसल्यान्डसमेत रहेको छ । बर्जुतालमा बाह्रै महिना जमिनमुनिबाट पानी उम्रिने भएकाले यो सिमसार क्षेत्र पनि हो । यहाँ जलचर, थलचर प्राणीको बासस्थानसमेत रहेको छ । बर्जु ताल जैविक विविधताले भरिपूर्ण रहेकोले यहाँ विभिन्न प्रजातिको चराहरू आउने गरेका छन् । यस तालमा भएको एक अध्ययनले अन्तर्रा्ष्ट्रियस्तरका र कोसी टप्पुमा आउने मौसमी चराहरू बर्जु तालमा समेत आउने गरेको रेकर्ड रहेको छ । ताल संरक्षण समितिले बनाएको पूर्वपट्टीको ताल चराको बासस्थानका लागि हो । जहाँ पर्यटकहरूका लागि बोटिङ गर्न अनुमति छैन । यहाँ चाइनिज हास र साइप्रसबाट पनि चरा आउने गरेको र बाह्रयबाट गर्भधारण गर्न आउने स्थानीय आशिष साह बताउनु हुन्छ । २०२६ सालमा ताल फुटेर गएपछि सो क्षेत्र बाँझो खेतमा परिणत भएको थियो । पहुँचवालाहरूले सो तालको संरक्षणभन्दा पनि आ–आफ्नो नाममा जग्गा दर्ता गराउन लागेपछि १ सय ५२ बिघाको ताल सङ्कटमा परेको थियो । तर, अहिले स्थानीय युवाहरू तालको संरक्षणमा जुटेपछि यस तालले पुनः तालको रूप लिएको छ । नेपालकै रमनिय पर्यटक स्थल बर्जु तालमा यतिबेला बाह्रय तथा आन्तरिक पर्यटक पिकनिक खान, ताल हेरन र मनोरंजन गर्न आउछन । यति बेला बर्जु तालको परिसरमा चलिरहेको बर्जु महत्सवले समेत पर्यटकको मन आकर्षित गरेको छ । राष्ट्रिय देखि स्थानीय र भारतीय कलाकारको समेत प्रस्तुतिले बर्जु बेहुली झैँ सजिएको छ । यहाँ दैनिक रुपमा पिकनिक खान रमाइलो गर्न आउछन भने सार्वजनिक बिदामा बर्जु ताल सबैभन्दा धेरै खुसि र उमंगले पर्यटक बीच नाचिरहेको हुन्छ । महोत्सवकै कारण दैनिक ५ हजार भन्दा बढी पर्यटक आउने गरे पनि सार्वजनिक बिदाका दिन बर्जु तालमा ७(८ हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन । बर्जु महोत्सवले पनि थप पर्यटक भित्राएको छ .।।।।। सुरुका दिनमा महोत्सवमा मौसम परिवर्तनका चिसो कारण र वर्षाले दर्शक चाप घटेको थियो भने अहिले अवलोकन गर्न आउनेको भिड बढेको छ भने महोत्सव सफल भएको चौधरी बताउनुहुन्छ । यस ताल संरक्षणमा प्रो. पब्लिक नामक एक संस्थाले स्थानीयलाई जागरुक गराएको थियो । प्रो. पब्लिकले ‘स्थानीय तहमा बर्जुताल बचाउ’ अभियान नै शुरु गरेपछि अर्काको नाममा गइसकेका जमिनहरू फिर्ता भएको हो । कसाथै यसमा बिभिन्न संघ सस्था व्यक्तिले समेत साथ् दिएको बताउनुहुन्छ बर्जु ताल सिमसार संरक्षण समितिका सचिव बिलट श्रेष्ठ नेपाली युवाहरू बेरोजगार भएर विदेश पलायन भइरहेको बेला सरकारले पर्यटन क्षेत्रमा लगानी गरे चाँडै नै धेरै लाभांश लिन सकिन्छ । तालको भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकाको बजेटले मात्र होइन प्रदेश र केन्द्र सरकारको ध्यान जानु जरुरी दिखिन्छ । समितिले यस तालमा घुम्न आउने पर्यटकहरूका लागि एउटा चमेनागृहको अझै व्यवस्था गर्न सकिरहेको छैन । समितिले आफैँ वा अन्य निजी क्षेत्रलाई चमेनागृहका लागि स्थान दिएमा आम्दानीको स्रोत बढ्ने निश्चित देखिन्छ । अहिले तालको आम्दानी भनेकै गेट टिकट र डुङ्गा सयर मात्र रहेको छ ।ब्यब्स्तिथ पार्किंग सुविधामा समेत कमि देखिरहेको छ भने फोहरमैला ब्यबस्थापन गर्न सके यसको सौन्दर्यता आकर्षण अझ बढ्ने थियो । ताल संरक्षणका लागि गाउँपालिकासँगै विभिन्न सङ्घ–संस्थासँग हातेमालो गरी अगाडि बढ्नु पर्ने देखिन्छ । स्थानीय, प्रदेश र केन्द्र सरकारकै संयुक्त कार्यक्रम बनाएर बर्जुताललाई विकसित पर्यटकीय सिमसार क्षेत्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता अहिले देखिएको छ । प्रचारप्रसारको अभाव रहे तापनि स्थानीयको पहल र प्रयत्नले केही विकास हुन खोजेको बर्जुतालले स्थानीय सरकारसँगै प्रदेश र केन्द्रीय सरकारको उपस्थिति खोजिरहेको छ ।


