FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भुकम्प सुरक्षा प्रदर्शनी २०७६ सुरु

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    भुकम्प सुरक्षा प्रदर्शनी २०७६ सुरु

    काठमाडौको राष्ट्रियसभा गृहमा भुकम्प सुरक्षा प्रदर्शनी २०७६ सुरु भएको छ । २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसर पारेर बिहिबार काठमाडौको राष्ट्रियसभा गृहमा भुकम्प सुरक्षा प्रदर्शनी २०७६ को आयोजना गरिएको हो । प्रदर्शनीमा विपद उद्धार सामाग्रीको प्रदर्शन गरिएको छ । उक्त सुरक्षा प्रदर्शनीको गृहमन्त्री रामबहादुर थापाले उदघाटन गर्नुभयो । उद्घाटनपछि गृहमन्त्री थापाले उक्त प्रदर्शनी कक्षको अवलोकन समेत गर्नुभयो । काठमाडौ महानगरपालिका, सहरी विकास तथा भवन निर्माण विभाग, नेपाली सेनाको विपद व्यवस्थापन तालिम शिक्षालय, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको आयोजनामा उक्त प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा सुरक्षा निकायले आगलागी, भुकम्प जस्ता विपत्तिबाट कसरी बच्ने भन्ने बारेमा जनचेतना प्रदान गरिरहेको छ । त्यसका साथै खोज तथा उद्धार कार्यमा आवश्यक सामाग्रीहरु पनि प्रद्रर्शनीमा राखिएको छ । शहरी विकास तथा भवन निमार्ण विभागका अनुसार भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्वतयारी तथा सुरक्षित भवन निर्माण लगायतका विषयमा यथेष्ट र प्रभावकारी प्रचारप्रसार गर्नका लागि भुकम्प सुरक्षा प्रदर्शनी आयोजना गरिएको जनाइएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीमा प्रत्येक दिन २ बजेपछि नेपाल आर्मी, नेपाल प्रहरी लगायत सरोकारवाला संघसंस्थाले भूकम्पबाट बच्न अपनाउनुपर्ने सुरक्षाका उपायहरु समेटिएका विशेष प्रस्तुतीहरु समेत देखाइने भएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित