FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सही ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न सकिने

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १४ पटक पढिएको
    सही ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न सकिने

    गृहमन्त्री रामबहादुर थापाले विपदलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न सकिने बताउनुभएको छ । बिहिबार २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो । बिहिबार २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौको भुगोल पार्कमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दीगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने बताउनुभएको हो । गृहमन्त्री थापाले जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारी विगतमा गरिएका कार्यहरुको समीक्षा गर्न यस्ता दिवस मनाउने गरिएको बताउनुभयो । उहाँले जोखिम व्यवस्थापन गर्न सरकार एक्लैले मात्र नसक्ने भएकाले आम नागरिकलाई पनि सचेतना फैलाएर सचेत बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले सुरक्षित पूर्वाधारमा पहिलो कुरा नागरिक सचेतना भएको भन्दै नागरिकहरुलाई सचेत बनाउन सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस् भन्नका लागि सरकारले पूर्वाधारण निर्माणमा विशेष ध्यान दिएको जानकारी दिनुभयो । भूकम्पले भन्दा पनि मानिसले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति हुने गरेकाले नेपाल सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको उहाँको भनाई छ । सरकारले पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धी जनचेतना फैलाइरहेका छन । गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । विक्रम संवत १९९० सालमा गएको भुकम्पको सम्झनामा भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित