- Loading...
दाङमा सञ्चालित माछा पोखरीमा प्रकोपको संक्रमण
- कृषि टि.भी.
- ३ साल अघि
- १२ पटक पढिएको

दाङका स्थानीयले सञ्चालन गरेको पोखरीमै डेढ करोडका माछा मरेका छन् । लमही नगरपालिका ३ टिकुलीगढमा अम्बरबहादुर तामाङ र सुन्दरी गिरीको बिष्णु मत्स्यपालन फर्मले व्यवसायिक रूपमा पालेका माछा पोखरीमै मरेका हुन । एक महिना अघिदेखि बिना कारण मर्न थालेका माछा पछिल्लो समय केही दिनमै ठूलो परिमाणमा मरेको सञ्चालक तामाङले जानकारी दिनुभएको छ । दुई लाख २० हजार वटा माछा पोखरीमै मरेका छन । उक्त परिमाणको माछा करिव ढेड करोड मूल्य बराबरको हुने अनुमान गरिएको छ । ७० हजार वटा १ केजी माथिका र १ लाख ५० हजार भुरा मरेको सञ्चालक तामाङले बताउनुभएको छ । मत्स्य प्रयोगशालाले भने चिसोका कारण माछा मरेको भन्ने जानकारी गराएको छ । व्यवसायी तामाङका अनुसार ल्यावमा टेस्ट गर्दा तापक्रम कम भएर मरेको रिपोर्ट आएको छ । उक्त जातको माछा अधिकांशको रोजाईमा पर्ने गर्दछ । फार्ममा सोही जातको माछा मुख्य रुपमा उत्पादन हुदै आएको थियो । अहिले उनीहरूले फार्ममा १० प्रकारका माछापालन गर्दै आउनु भएको छ । तर पोखरीमा राखिएका बैठा जातका माछा मात्र मरेका छन् । सिल्भर, रहु, ब्रिगेड, नैनी जातका माछा भने जीवितै रहेको जानकारी दिएका छन । सात बिघा जमिनमा १३ वटा पोखरी बनाएर माछापालन गरिएको छ ।।


