- Loading...
नेत्रविक्रम चन्द समूहको हिंसात्मक गतिविधि सहन नसक्ने स्पष्ट
- कृषि टि.भी.
- ३ साल अघि
- २५ पटक पढिएको

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको हिंसात्मक गतिविधि सहन नसक्ने स्पष्ट पारेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रतिबन्धित चन्द समूहको आतंकवादी क्रियाकलाप सहन नसकिने बताउनुभएको हो । चन्द समूहले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका मूख्य आरोपी शोभाकान्त ढकालको घरमा बुधबार बम विस्फोट गराएको थियो । उक्त विस्फोटको प्रतिक्रियामा सरकारका प्रवक्ता बाँस्कोटाले आतंकवादी र हिंसात्मक गतिविधि सहन नसकिने बताउनु भएको हो । उहाले चन्द समूहले कब्जा गर्दैमा कब्जा नहुने भन्दै नेपाल सरकारको जग्गा व्यक्तिलाई दिन नसक्ने उल्लेख गर्नुभयो । प्रवक्ता बाँस्कोटाले चन्द समूहलाई राजनीतिक प्रक्रियामा आउन यसअघी नै आग्रह गरेको स्पष्ट पार्नुभयो । त्यस्तै उहाले नेकपा नेता भीम रावललाई बालुवाटारबाट धम्की आएको कुरा निराधार भएको बताउनुभयो । विचारमाथि सहमति, असहमति राख्दैमा कसैको ज्यानै लिने धम्की दिन नमिल्नै बताउँदै बालुवाटारबाट धम्की आएको भन्ने कुरा पत्याउन नसकिने उहाले बताउनुभयो । पुष २८ गते बसेको मन्त्रीपरिषद् बैठकले विदेशस्थित नेपाली दूतावास र नियोगमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो । यस्तै बैठकले नेपाल र चीनबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी संघीय संसद्मा जानकारीका लागि पेश गर्ने निर्णय गरेको छ । यता संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा पुनः निर्वाचनका लागि ३० लाख रुपैयाँ र सीईडी एडब्लू समिति सदस्य पदमा निर्वाचनका लागि १० लाख रुपैयाँ राष्ट्रसंघको नेपाल स्थायी नियोग न्यूयोर्कलाई उपलब्ध गराउने निर्णय पनि गरेको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो । बैठकले करिब २ लाख केजी रक्त चन्दन काठ आफ्नै खर्चमा फिर्ता लैजान भारतलाई स्वीकृति प्रदान गरेको छ । साइटिस सन्धीको आर्टिकल भिआईआईबी र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ को दफा ३० को उपदफा २ र ३ बमोजिम रक्त चन्दन फिर्ता लैजान भारतलाई स्वीकृति दिइएको उहाले बताउनुभयो ।।


