FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धनकुटामा २दिने सुन्तला महोत्सवको रौनक

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १४ पटक पढिएको
    धनकुटामा २दिने सुन्तला महोत्सवको रौनक

    धनकुटाको सदरमुकाम नजिक धनकुटा नगरपालिका ६स्थित पारिपात्लेमा रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमको बगैंचा यतिबेला सुन्तला पाकेर पहेलपुर देखिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने उद्देश्यले पहिलो पटक सोही केन्द्रमा सुन्तला टिप्ने मेलाको आयोजना गरिएको हो । बुधबारदेखि सुरु भएको सुन्तला टिप्ने मेला विहिबारसम्म संचालन हुने भएको छ । मेलाको पहिलो दिन संयौंका संख्यामा आएका आन्तरिक पर्यटकले बगैंचामा रहेको बोटबाट सुन्तला टिपेर खाएका थिए । सुन्तला टिप्न जानुअघि यूवालाई प्रतिव्यक्ति १ सय रुपैयाँ र बालबालिकालाई प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको थियो । रसिद काटेर प्रवेश गरेपछि सोझैं सुन्तला बगैँचामा जान पाइने व्यवस्था गरेको थियो । मेलाका नियममा तोकिएको दरमा प्रवेश गरी बगैंचाका सुन्तला बोटमा चढेर टिप्दै पेटभर खाना पाउने नियम छ । सुन्तला टिप्दा विरुवालाई क्षति नपुगोस् भनेर केन्द्रले स्वयमसेवक समेत परिचालन गरिएको थियो । मेलाका स्टलमा सुन्तलाका विभिन्न जात र विरुवा राखिएको छ । सुन्तला महोत्सवले सुन्तलाको स्वादसँगै किसानलाई खेतीमा आधुनिकीकरण गर्दै व्यवसायिक खेती प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्य लिइएको केन्द्र प्रमुख डा.उमेशकुमार आचार्यले बताउनुभयो । प्रत्यक्ष आफैँले सुन्तला टिपेर खान पाउँदा नौलो अनुभव भएको आन्तरिक पर्यटक प्रमिसा श्रेष्ठले बताउनुभएको छ । सोही मेलाले जिल्लाको कृषि पर्यटकलाई प्रचारप्रचार गर्न मद्दत पुग्ने अर्का आन्तरिक पर्यटक लोकेन्द्र कुँवरको भनाई छ । स्थानीय बजारमा अहिले प्रतिकिलो १ सय ४० रुपैयाँमा सुन्तला बिक्रि हुदै आएको छ । तर केन्द्रले महोत्सव अवधिभर प्रतिकिलो ६० रुपैंयासम्ममा बिक्री गर्दै आइरहेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित