FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अलैचीको मुल्यमा गिरावट आएसँगै पुर्वका किसान निराश

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २७ पटक पढिएको
    अलैचीको मुल्यमा गिरावट आएसँगै पुर्वका किसान निराश

    अलैचीको मुल्यमा गिरावट आएसँगै पुर्वका अधिकांश किसान सोही खेतीप्रति निराश हुन थालेका छन् । पछिल्लो समय उत्पादित अलैचीले मुल्य नपाउदा बजारको खोजीमा व्यवसायीहरु भारतीय बजारसम्म पुगेका छन । यस्तै मुलुकका विभिन्न क्षेत्रमा लगाइएका अलैचीले उचित बजार नपाएको बेला धनकुटाका किसानलाई पनि सोही चिन्लाले साताएको छ । विगतका दिनमामा अलैची खतीबाट आफ्नो दैनीकी गुजारा गर्दै आएका धनकुटा जिल्लाको महालक्ष्मि नगरपालीकाका किसान दिनप्रतिदिन मुल्यमा गिरावट आएसँगै सो खेती प्रति निराशा हुन थालेका छन् । विगत ५ देखी अलैची खेती गर्दै आएका कृष लिला केसी सरकारी व्यवास्था बजारको अभाव भएको कारण अलैचीको उचित मुल्य नपाएको बताउनुहुन्छ । धानखेत नै मासेर अलैचीको व्यवसायीक खेती सुरु गरेका केसीले न्युनम मुल्यमा अलैची विक्रि गरीरहेका छन् । न्युनतम मुल्यमा विक्रि गर्नु एकतिर आफुलाई घाटा भएको र अर्को तिर टाला,लोखेर्केले पनी अलैचीमा पु¥याउने असरका कारण घाटा माथी घाटा थोपरीएको उहाँको भनाई छ । कृषि प्रधान मुलुक नेपालमा कृषि पेशा गरेर जिवनयापन गरीरहेका किसान समस्यामा पर्नु भनेको कृषि क्षेत्रलाई राज्यले हेर्ने नजरमा परिवर्तन नआउनु नै प्रमुख कारण हो । यदि राज्यले धनकुटामा अलैची फलाईरहेका किसानलाई बजार भाउको मात्र व्यवस्था गर्ने हो भने अलैची बाट जिवन यापन गर्न थप सहज हुने स्वयम् किसानको भनाई छ । जुन सुकै खेती गर्ने गरीरहेका किसान दिनानु दिन समस्याको चपेटामा पर्नु नितान्त राज्यको कमजोरी देखीनु नै हो । यस्ता समस्या समाधानका लागी तिन तहका सरकारको ध्यान जानु जरुरी देखीन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित