- Loading...
एउटा सिंगो गाउँ नै अर्गानिक उत्पादनमा
- कृषि टि.भी.
- ३ साल अघि
- १९ पटक पढिएको

रुपन्देही जिल्लाको एक मात्र अर्गानिक कृषि गाउँको रुपमा पहिचान बनाएको देवदह नगरपालिका वडा नम्बर ६ को सरनवारी क्षेत्रले बार्षिक ८ करोड रुपैयाँ बरारबरको कारोवार गर्ने गरेको छ । कृषिको लागि नमुना गाउँको रुपमा पहिचान बनाएको उक्त गाँउको विशेषताको विषयमा रुपन्देही संवाददाता कृष्ण खनालको एक रिर्पोट । एउटा सिंगो गाउँ नै अर्गानिक उत्पादनमा लागेको छ भन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर रुपन्देहीमा करिव ४२ विघा क्षेत्रफलमा १ सय भन्दा बढि किसानहरुले व्यवसायीक तरकारी खेती गरिरहेका छन् त्यो पनि सबै विषादीरहित । देवदह नगरपालिका वडा नम्बर ६ मा यसरी खेती हुन थालेको बर्षौ भएको छ । जहाँको उत्पादन खरिदका लागि व्यवसायीहरु घर घरमा नै गाडी लिएर जाने गर्दछन् । वि.स.२०६५ सालमा सरनकाली कृषि सहकारी संस्था समेत स्थापना गरेका त्यहाँका किसानहरुको खेतमा अहिले लटरम्म सिमी फलेको छ । यसको अलवा किसानहरुले तरुल, पिडालु, टमाटार, काउली लगायतका विभिन्न तरकारीहरु लगाएका छन् । सोही नगरपालिकालाई नै कृषि गाउँको रुपमा विकास गर्न लागेको जानकारी दिदै नगरपालिकाका मेयर हिराबहादुर खत्रीले निकट भविश्यमा सरनवारी क्षेत्रलाई अर्गानिक गाउँको रुपमा विकास गरिने बताउनुभयो । मेयर खत्रीले गाउँलाई कृषि गाउँको रुपमा मात्रै नभई यसलाई अझ विकास गरी अर्गानिक कृषि गाउँको रुपमा नेपालमा नै पहिचान गराउने गरी योजना अगाडी सारेको जानकारी दिनुभयो । देवह नगरपालिका वडा नम्बर ६ का अध्यक्ष दामोदर क्षेत्रीले उक्त गाउँमा जाने भौतिक प्ुर्वाधार निर्माणको लागि आफुले पहल गरेको बताउनुभयो । सोही नगरपालिकाका कृषि विकास शाखा प्रमुख आश्विनीकुमार शर्माले पहाडी क्षेत्रबाट आउने पानीमा बढि मलिलो पना हुने गरेको कारण उक्त क्षेत्रमा कृषिको उत्पादन बढि मात्रामा हुने गरेको बताउनुभयो । उक्त क्षेत्रमा बर्सातको क्षेत्रमा धान खेती गने किसानहरुले हिउदको समयमा सबैले तरकारी खेती गर्दैै आएका छन् । सरङ्गकाली कृषि सहकारी संस्थासमेत गठन गरि त्यहाका कृषकहरुले जिल्लामै नमुना अर्गानिक खेती गरिरहेका छन् । उक्त संस्थाका अध्यक्ष मानबहादुर गाहाले १ सय घर सहकारीमा आवद्ध भएको जानकारी दिनुभयो । पानीको सुविधा भएकाले पनि स्थानीय किसानहरुले ६४ सालमा कृषी समुह स्थाना गरि २०६५ सालमा दर्ताभएको हो । वि.स.२०६५ सालबाट पुर्ण रुपमा अर्गा्निक खेती सुरु गरिएको किसानहरुले बताएका छन् । हिउदको समयमा पानीको मात्रा कमी हुदा समस्या हुने गरेको किसानहरुको गुनासो छ । त्यसको साथै अर्गा्निक विषादीको पनि अभाव रहेको बताएका छन । यता असुरो, निम, बकाईनो जस्ता अर्गा्निक विसादी प्रयोग गर्नको लागि प्रयोग हुने कच्चा पर्दाथको अभाव भएको उनीहरुको भनाई छ । किसानहरुले आफ्नो जग्गाको स्थानमा करिव १० हजार देखि ४०हजार रुपैयासम्म खर्च गरी सिंचाईको लागि कुलो समेत निर्माण गरेका छन् । तत्तकालिन जिल्ला कृषि विकास कार्यालयबाट ५ लाख, रुपैया र थप ५ लाखमा तरकारी संकलन केन्द्र समेत निर्माण गरेका छन् ।।


