- Loading...
मुलुकभरका किसानलाई ड्रागन खतीमा चासो
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको

कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडक खण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् भन्दै कुरा काट्र्नेहरु भने यतिबेला चकित परेका छन् । खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्री लोकेन्द्र विष्टमगरसहित तीन जनाले ड्रागन खेती गरेपछि उक्त ठाउँ अहिले हरियाली बनेको हो । ड्रागन फ्रुटको बिरुवा लगाएको दुई÷तीन वर्षपछि मात्रै फल दिने जानकारहरुको भनाई छ । तर पूर्वमन्त्री मगरका अनुसार छिप्पिएका बिरुवा लगाए नौ महिनाबाटै फल दिने गर्दछ । यता उहाँहरुको फार्ममा छोटो अवधिमै फल्न शुरु गरे पनि अझै परिपक्क भएको छैन । पहिलो चरणमा थोरै फल दिएका बिरुवाले आगामी असारदेखि भदौसम्ममा राम्रो उत्पादन दिने बताइएको छ । एउटा परिपक्क बोटबाट बार्षिक तीनदेखि चार केजीसम्म फल उत्पादन हुने व्यवसायीहरुको भनाई छ । दाङमा अहिले ६६ कट्ठामा गरेको उक्त ड्रागन फ्रुटखेती केही अनुसन्धानकर्ताले नेपालमा नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको खेती भएको बताइएको छ । यतिबेला उक्त फार्म अधिकांश नेपालीको अध्ययन केन्द्रका रुपमा देखिएको छ । कतिपय किसानले खेतीका बारेमा बुझ्ने गरेका छन् भने केहीले बिरुवा लैजाने गरेका छन् । यस्तै रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको खेती वस्तार गर्न ध्यान दिनुपर्ने उहाँको सुझाव छ । अहिले बजारमा विदेशी ड्रागन फ्रुट ७०० देखि १ हजार ९ सय रुपैया सम्ममा किनबेच हुने गरेको छ ।।


