FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कुषिको कारण समुद्धि

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    कुषिको कारण समुद्धि

    कुनै समय एक हजार रुपैयासम्म जुटाउन नसक्ने अवस्थाका प्रेमराज भट्ट छोटो समयमै कृषि फर्ममा अब्बल किसानको पहिचान बनाउँन सफल हुनुभएको छ । कक्षा ९ पछी थप अध्ययनका लागि गाउँबाट कैलाली झरेका किसान भट्टले एक हजार रुपैयाको च्याउ खेतीबाट शुरु गरेको ७ वर्षमै करोडौ आम्दानी गर्न थाल्नु भएको छ । घरको पछाडी सानो छाप्रो बनाएर २०६८ सालमा च्याउ खेती शुरु गर्नुभएको युवा व्यवसायी भट्टले अहिले कैलालीको चुरे गाउँपालिका–३, खानीडाँडामा २० टनेल र गोदावरी नगरपालिका–२, तेघरीमा ६ टनेलमा च्याउ खेती गरिरहनुभएको छ । भट्टले च्याउ खेतीबाट मात्र बार्षिक १० लाख बढी आम्दानी गरिरहनुभएको बताउनुभयो । २०७१ सालमा एक बिघा क्षेत्रफलबाट शुरु गरिएको कुरिलो खेती अहिले ७ बिघामा फैलिएको छ । भट्टले अहिले कैलालीको गोदावरी नगरपालिका–२, तेघरीमा एक बिघा र लालपुरमा ६ बिघामा कुरिलो खेती पनि गरिरहनुभएको छ । के.पी.कृषि फर्म दर्ता गरेर च्याउ तथा कुरिलो खेती, कुखुरापालन, बंगुरपालन गरिरहनुभएका भट्टले सबै व्यवसायमा सफल भएका छन् । २०७० सालमा घरको पछाडी सानो खोर बनाएर पाँच सय कुखुरा पालनबाट व्यवसाय शुरु गर्नुभएको भट्टले अहिले आठ हजार कुखुरा पालन गरिरहनुभएको छ । उहाले गोदावरी नगरपालिका–२, तेघरी, सोही नगरपालिका–५, लालपुर र अत्तरिया बजारमा जग्गा लिजमा लिएर कुखुरापालन गरिरहनुभएको छ । उहाले प्रत्यक्ष रुपमा ११ जना र अप्रत्यक्ष एक सय बढीलाई रोजगारी समेत दिनुभएको छ । किसान २०७२ सालमा उक्त नगरपालिका–२ तेघरीमा २० वटा बंगुरबाट शुरु गरेको बंगुरपालन व्यवसाय अहिले बढेर ५० बढी पुगेको जानकारी दिनुभएको छ । कृषि पेशालाई आँगालेदेखि नै जीवन परिवर्तन भएको उहाको भनाई छ । कृषि कर्मसँगै कुखुरापालक, बंगुरपालक तथा च्याउ तथा कुरिलो खेती गर्न चाहने किसानका लागि समय समयमा तालिम समेत दिने गर्नुभएको छ । यता प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट च्याउ खेतीका लागि तीन लाख रुपैयाबाट कुनै सहयोग नपाएको भन्दै वास्तविक किसानलाई सरकाले नहेर्ने दुःखेसो गर्नुभयो । पहुँचका आधारमा कृषिको अनुदान दिईने परम्पराले आफूजस्ता वास्तविक किसान मारमा परेको भट्टको गुनासो छ । सफलताको बाटो सहज त छैन, एक कृषकले कर्मशिल भई काममा लागेमा सफलता त्यति टाढा पनि छैन । कुनै पनि व्यवसाय गर्दा चुनौति र असहजता आउन सक्छ तर कामप्रति दृढ भएर लागेमा जस्तोसुकै चुनौतिको सामना गर्दै सफलताको शिखर चुम्न पनि त्यति गाहो देखिएको छैन ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित