- Loading...
सुन्ताला खेतीमा उदयपुरका किसान आकर्षित
- कृषि टि.भी.
- ३ साल अघि
- १९ पटक पढिएको

उदयपुरको रौतामाई गाउँपालिका निगाले गाउँका किसान पछिल्ला दिनमा सुन्ताला खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हुन थालेका कारण किसान त्यसतर्फ आकर्षित बनेका हुन् । पुर्खाले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुई÷चार बोट सुन्तला अहिले जीविकोपार्जनमा परिणत भएको स्थानीयको भनाई छ । उनीहरुका अनुसार आजकाल पुरानो बोटबाट आम्दानी लिने र अन्य बिरुवा लगाउने क्रम बढेको छ । एकैघरमा ५०० भन्दा बढी सुन्तलाको बिरुवा व्यवस्थित तरिकाले खेतीयोग्य जमिनमा लगाइँदै आएको छ । गाउँमा यातायात पुगेसँगै सुन्तला बजारसम्म पु¥याउन सहज भएपछि सुन्तलाको उचित मूल्य पाएको किसानहरुले बताएका छन् । एकमुष्ट पैसा लिन सकिने र राम्रो आम्दानीबाट व्यवहारिक समस्या हल गर्न सकिने भएपछि गाउँमा सुन्तलाको आकर्षण बढेको हो । निगालेबाट लाखौँ मूल्य बराबरको सुन्तला अहिले गाईघाट बजारमा पुग्ने गरेको छ । सुन्तला कृषक रामकुमार राईका अनुसार उक्त क्षेत्रका प्रत्येक किसानले वार्षिक रूपमा ६ लाखसम्मको सुन्तला बिक्रीबाट आम्दानी भएपछि सोही खेतीमा स्थानीय लागिपरेका छन् । गाउँमा सुन्तला नै नभएको घरमा पनि अहिले सुन्तलाका बोट रोप्ने क्रम बढेको छ भने सुन्तला बारी हुनेले झनै थप गरेर बारी नै भरिभराउ गर्न थालेका छन । एकपटक लगाएको सुन्तालाले जीवनभरि आम्दानी दिने तर वर्षैंपिच्छे लगाएको बालीले खानै नपुग्ने स्थानीयको भनाई छ । कुनै समय सुन्तलामा लाग्ने कीरा तथा फल झर्ने समस्या र विभिन्न रोगका कारण बिरुवा काट्नुपर्ने समस्याले भने आफूहरू निकै चिन्तित रहेको पनि स्थानीयले बताएका छन ।।


