FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ललिता निवास जग्गा प्रकरणमा दुई पुर्व प्रधानमन्त्रिलाई किन उन्मुक्ति दियो ?? हेर्नुहास् भिडियो सहित..

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १९ पटक पढिएको
    ललिता निवास जग्गा प्रकरणमा दुई पुर्व प्रधानमन्त्रिलाई किन उन्मुक्ति दियो ?? हेर्नुहास् भिडियो सहित..

    भ्रष्टाचार यतिसम्म मौलाएको छ की पाईला पाईलामा भ्रष्टाचारले प्रश्रय पाईरहेको छ । भ्रष्टार नहुने कुनै क्षेत्र नै भेटाउन मुस्किल छ यतिबेला । भ्रष्टाचार गर्नेहरुले देशलाई खोक्रो बनाईसकेको छ भने आफु डम्म फुलेका छन् । यहाँ त कतिसम्म भ्रष्टार हुने गरेको छ भने सरकारी जग्गा व्यक्तिको नाममा लैजाँदा कर्मचारी र बिचौलियाले बकसको रुपमा जग्गा नै घुस लिएको भेटिएको छ । फितलो कानुन र कार्यान्वयनको अभावकै कारण भ्रष्टाचारीहरु जुकाजस्तै सल्बलाईरहेका छन् ।

    कर्मचारीतन्त्र र राजनीतिमा राजतन्त्रको बखत पनि भ्रष्टारले यतिका आतंक मच्चाएका थिएन जति संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछि भ्रष्टाचारको श्रृङ्लाबद्ध रुपमा बाहिर आईरहेको छ । शिक्षा, स्वास्थ्या, भौतिक पुर्वाधार तथा यातायात, कृषि लगायत हरेक क्षेत्रमा भ्रष्टाचारले जडो गाडेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा नाममा रहेकाविरुद्ध मुद्दा दायर गरेर कतिपयलाई उन्मुक्ति दिएको भन्दै सत्तारुढ दल र अख्तियारको तौतर्फी विरोध भैरहेको छ ।भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यले ससुरा वैकुण्ठराज शर्माको नाममा जग्गा घुस लिएका थिए । त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले पत्नी उर्मिला शाहको नाममा बकस लिएका थिए । तर, अख्तियारले उनीविरुद्ध जग्गा बकस लिएको अभियोगमा मुद्दा दायर गरेको छैन । पूर्वसिडिओ गेहनाथ भण्डारीले पत्नी भुवनकुमारी चापागाईं र सासू सोदाकुमारी चापागाईंको नाममा जग्गा लिएका थिए । डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख प्रेमबहादुर खापुङले तीनजना आफन्तको नाममा बालुवाटारको जग्गा बकसको नाममा घुस लिएका थिए । तर, अख्तियारले खापुङविरुद्ध पनि बकस माग दाबीको मुद्दा चलाएको छैन । डिल्लीबजार मालपोतकै तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले साढुभाइ इन्द्रबहादुर थापा क्षेत्रीको नाममा जग्गा घुस लिएका थिए । अख्तियारले देउजालाई पनि बकस माग दाबीको मुद्दा चलाएको छैन । त्यस्तै, नायब सुब्बा जगत पुडासैनीले दिदी मिठुदेवी चापागाईंको नाममा बकस लिएको खुलेको छ भने युक्तबहादुर श्रेष्ठले श्रीमती निर्मलादेवी श्रेष्ठको नाममा जग्गा घुस लिएका थिए । उनीहरूविरुद्ध पनि मालपोत कार्यालयमा रहेर भूमिका खेलेको अभियोगमा मात्रै मुद्दा छ । समरजंग कम्पनीका कर्मचारी विनोद पौडेलले श्रीमती विद्या पौडेलको नाममा जग्गा बकस लिएका थिए । बिचौलियाहरू शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ, रामनाथ घिमिरे र रामकल्याण अधिकारीले पनि बकसको नाममा जग्गा घुस लिएका थिए । कस्तो बिडम्बना घुसको रुपमा जग्गा नै लिने त्यो पनि नातेदारको नाममा । ललिता निवासको सरकारी जग्गा हिनामिनामा पदको दुरुपयोग गर्दै भागबन्डा गरेको खुलेको छ । ललिता निवासको सरकारी जग्गाको हिनामिनाले पनि प्रष्ट हुन्छ की भ्रष्टाचार कतिसम्म मौलाएको छ भनेर । गुठी संस्थानले संकलन गरेको विवरणअनुसार गुठीको पहाडमा ५ लाख ६१ हजार ९९० र तराईमा ६६ हजार ३३० विघा जग्गा अतिक्रमण परेको छ । धनुषामा १७ विघा, महोत्तरीमा ७२ विघा, बारामा २७ विघा, र काठमाडौंमा २ हजार रोपनी सरकारी जग्गा अतिक्रमणमा परेको छ । जनकपुरमा मात्रै १० हजार विघा जग्गा अतिक्रमणको चपेटामा परेको तथ्य भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । यसले पनि भुमाफीयाहरु कसरी सल्बलाएको भन्ने कुरा प्रष्ट हुन्छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित