FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लसुन खरिदमै सरकारको अरबौ लगानी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    लसुन खरिदमै सरकारको अरबौ लगानी

    चालु आर्थिक वर्षको ६ महिनामा ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट आयत भएको छ । सोही गतिमा आयत बढे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात हुने सोही क्षेत्रका जानकारहरुले बताएका छन । केही दिनयता कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य आकासिएको छ । अहिले त्यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ । करिव २० दिनअघि लसुनको मूल्य प्रतिकेजी एक सय ३० रुपैयाँमा खरिद बिक्री भएको थियो । गत आर्थिक वर्ष २०७५÷०७६ मा ८३ करोड ३० लाख मूल्यको ९ हजार दुई सय ७७ मेट्रिक टन लसुन आयात भएको पाइएको छ । त्यही अवधिमा १५ लाख मूल्य बराबरको १८ मेट्रिक टन निर्यात गरेको कृषि विभागको तथ्यांकमा उल्लेख छ । कृषिजन्य उत्पादनमा मुलुकको परनिर्भरताको उपभोब्mलाई सास्ती थपिएको छ । राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार हरेक वर्ष ठूलो परिमाणमा लसुन चीन, भारत र अन्य मुलुकबाट आयात हुने गरेको छ । केन्द्रका प्रमुख डा. कमल गैरेका अनुसार नेपालमा करिब ६० हजार मेट्रिक टन लसुनको माग छ । स्वदेशमा ५० हजार एक सय ७७ हेक्टरमा करिब ५० हजार मेट्रिक टन हाराहारीमा स्वदेशी र चिनियाँ जातको लसुन उत्पादन हुदै आएको छ । कृषिजन्य वस्तु उत्पादनमा सरकारले ध्यान दिन नसक्दा आयातका नाममा व्यापार घाटा बढेको पाइएको छ । कालिमाटी तरकारी बजारमा वार्षिक रूपमा चीनबाट आयात हुने लसुन एक सय ५४ मेट्रिक टन र भारतबाट आयात भएको साढे ४० टनको कारोबार हुने गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित