FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कर्णाली नदीको धार परिवर्तन भए सँगै किसानको जग्गा बर्दिया निकुञ्जमा गाभिँदै

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३३ पटक पढिएको
    कर्णाली नदीको धार परिवर्तन भए सँगै किसानको जग्गा बर्दिया निकुञ्जमा गाभिँदै

    कर्णाली नदीको पश्चिम भँगालो गेरुवा नदीले पश्चिमतर्फ धार परिवर्तन गरेपछि गेरुवा गाउँपालिकाका किसानको जग्गा बर्दिया निकुञ्जमा गाभिँदै गएको छ । पश्चिमतर्फ कर्णालीको किनार निकुञ्जको सीमा रहेको उल्लेख गरिएका कारण नदी कटानले किसानहरू मर्कामा परेका हुन । नदीले कटान गरेको खेतीयोग्य जग्गामा पनि निकुञ्ज प्रशासनले तारबार गरेको स्थानीयको गुनासो छ । गाउँपालिकालाई पश्चिमतर्फबाट गेरुवा र पूर्वतर्फबाट कर्णाली नदीको भँगालोले घेरेको छ । ‘नदीले नम्बरी जग्गा पश्चिमतर्फ कटान गर्दै आएको छ । कटान गरेको बगरलाई निकुञ्जले आफ्नो भन्दै तारबार गर्दै आएको छ । गेरुवा नदीको जग्गा कटानमा परेका स्थानीय कमल रेग्मीका अनुसार सयौं किसानका लालपुर्जावाला जग्गा निकुञ्जले आफ्नो भन्दै आफूतिर गाभेको छ । निकुञ्ज प्रशासनले भने गेरुवा नदी पश्चिम किनार सीमा लेखिएका कारण सोही अनुसार जग्गामा तारबार गरेको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले कतिपय स्थानमा निकुञ्जको जग्गा बाहिर रहेकाले गाभ्नुपरेको दाबी गर्नुभएको छ । कतिपय स्थानमा भने किसानको जग्गा पनि परेको हुन सक्ने स्विकार्दै छलफल भइरहेको प्रमुख बरालले बताउनुभएको छ । उक्त गाउँपालिकाका प्रमुख जुमानसिंह केसीले स्थानीय किसानको ५०० बिघाभन्दा बढी जग्गा निकुञ्जमा गाभिएको बताउनुभएको छ । स्थानीयको पुर्जाको जग्गा निकुञ्जमा गाभिँदा अन्याय भएको उहाको तर्क छ । ठाकुरबाबा नगरपालिका सीमादेखि भारतसम्मको खेतीयोग्य जग्गा सोही नदीसँग जोडिएको छ । यता जनताको जग्गा फिर्ता गराउन पहल भइरहेको भएपनि स्थानीयस्तरबाट समाधान नहुने भएकाले समस्या देखिएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित