FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बुढीगण्डकीले मुआब्जा वितरणमै अरबौ खर्च

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    बुढीगण्डकीले मुआब्जा वितरणमै अरबौ खर्च

    राष्ट्रिय गौरबको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिकरणको क्रममा २८ अर्ब १८ करोड ३१ लाख रुपैयाँ मुआब्जा वितरण भएको छ । आयोजनाबाट अधिकरणमा परेका गोरखा र धादिङका २१ हजार एक सय ५९ जग्गाधनीको ४५ हजार सात सय ७७ रोपनी क्षेत्रफल जग्गाको उक्त रकम निकासा भईसकेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाको गण्डकी गाउँपालिका सिउरेनीटारस्थित पुर्नस्थापना एवं पुर्नबास इकाईका प्रमुख कृष्णबहादुर कार्कीले गोरखातर्फ सात हाजार आठ सय ३१ जग्गाधानीको २३ हजार तीन सय ३१ रोपनी जग्गाको १४ अर्ब ७९ करोड ७६ लाख मुआब्जा वितरण गरिएको बताउनुभएको छ । विस्थापित हुने तीन हजार घरधुरीमध्ये एक हजार छ सय ७२ गोरखा र बाँकी धादिङ जिल्लातर्फ रहेका छन । आयोजना कार्यालयले अहिले गोरखाको आरुघाट, आर्खेत, धादीङको बिसालनगर र खहरेको मुआब्जा वितरण गरिरहेको छ । बजार क्षेत्रको मुआब्जा ढिला गरी दुई महिनाअघि मात्रै निर्धारण भएर वितरण सुरु भएको हो । आयोजना निर्माण स्थलका लागि करिब ५८ हजार रोपनी जग्गाको मुआब्जा दिनुपर्ने आयोजना प्रमुख कार्कीले बताउनुभएको छ । अधिकरणमा भने एक लाख ३० हजार रोपनी पर्ने बताएको छ । मुआब्जा दिइएका बाहेक सरकारी जग्गा धेरै आयोजना स्थलमा पर्ने हुँदा मुआब्जाको भार राज्यलाई कम परेको बताइएको छ । जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा रहेको आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो । बैंकमा धितो भएका केहीले बाहेक अधिकांशले लालपुर्जा बुझाएका छन । तर अझै पनि बजार क्षेत्रको घरगोठको लगत संकलन भने बाँकी रहेको पाइएको छ । यसअघि मुआब्जा वितरण भएका ठाउँमा पनि लगत संकलन गरी घरको ह्रासकट्टि गरेर मुआब्जा वितरण गर्ने वा नगर्ने भन्नेमा अन्यौल छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित