FLASH NEWS
- Loading...
कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यसवर्ष विषादीको मात्रा बढी
- कृषि टि.भी.
- ३ साल अघि
- १६ पटक पढिएको

देशकै ठूलो तरकारी बजार मानिएको कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यसवर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो सात महिनामा कालीमाटी बजारमा भित्रिएको तरकारीको नमुना परीक्षण गर्दा विषादीको प्रयोग बढेको पाइएको हो । उक्त एकाइका अनुसार यस आर्थिक वर्षको उक्त अवधिमा एक हजार ४ सय २ वटा नमुना परीक्षण गरिएकोमा १२ वटा नमुनामा खानै नहुने विषादीको मात्रा भेटिएको छ भने तीन वटामा सक्त विषदी प्रयोग भएको पाइएको छ ।।


प्रतिक्रिया दिनुहोस
